समाचार

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते
पोखरा, ६ साउन/ पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग१९प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भिर घाइते भएका छन् । विहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना गम्भिर घाइते भएका छन् । उनीहरुको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको छ । दुबै बेहोस अवस्थामा छन् । यो पोलमा बेला बेलामा सवारी साधन ठोकिने गरेका छन् । पुरा पढौ

मानसरोवरमा लेक लागेर पोखराकी बिष्णुकुमारी दवाडीको निधन

बिष्णुकुमारी दवाडी
पोखरा, ४ साउन/ मानसरोवर तिर्थयात्रा गएकी पोखराकी बिष्णुकुमारी दवाडीको लेकलागेर निधन भएको छ । बुधबार लेकलागेर पोखरा ५ निवासी ६२ बर्षिय बिष्णुकुमारी दवाडीको निधन भएको हो । उनी परिवार सहित २६ गते पोखराबाट चाइना हुर्दै मानसरोवर पुगेकी थिइन् । उनी मानसरोवर पुगेर दर्शन गरी घुम्ने क्रममा निधन भएको हो । उनको शव आज पोखरा ल्याउने र शुक्रबार दाहासंस्कार गर्ने परिवार स्रोतले जानकारी दिएको छ । पुरा पढौ

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका
पोखरा, ४ साउन/ पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको पोखरा महानगरपालिकाले सिंमाकन शुरु गरेको छ । सिंमाकन पछि मापदण्डमा परेका संरचनाहरु हटाउने महानगरको तयारी छ । पोखरा महानगरपालिकाले पूर्व निर्धारित मापदण्ड कार्यान्वयन गर्न नसक्दा फिर्केमाथि संरचनाहरु बनेका छन् । महानगरले प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा समिति गठन गरेर खोलाको पुरानो आकार र खोला बगेको बाटो खोज्न लागेको बताइएको छ । निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन खोलाको भागमात्र छुट्याउन थालेको हो । पोखराका महानगरपालिका मेयर धनराज आचार्यले खोला… पुरा पढौ

अहिले सम्म कै ठुलो मात्रामा सुन बरामद, एक सय किलो सुन

सुन
काठमाडौं, ३ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर झण्डै एक सय किलो सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट करिब १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सो भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार… पुरा पढौ

त्रिभुवन विमानस्थलमा ठुलोमात्रामा सुन बरामद

सुन
काठमाडौं, ३ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलोमात्रामा सुन बरामद गरिएको छ । राजश्व अनुसन्धान विभागको विशेष टोलीले सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले स्रोतले जानकारी दिएको छ । चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिए छ । सुन ५० किलो भन्दा धेरै भएको अनुमान छ ।८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो । त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ । भन्सारबाट जाँचपास सकेर… पुरा पढौ

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई
पोखरा, ३ साउन/ नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । संघको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा… पुरा पढौ

पोखरामा डेंगुको संक्रमण बढ्यो

पोखरामा डेंगुको संक्रमण बढ्यो
पोखरा, २ साउन/ पोखरामा डेंगुको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए । उनका अनुसार पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको बताए । गण्डकी प्रदेशमा २ सय ६९ जनामा संक्रमण देखिएको छ । बढी संक्रमित भएका नेपालका १० जिल्लामध्ये कास्की पनि परेको छ । कास्कीमा १ सय ४९ जना छन् । नेपालमा पहिलो पटक सन् २००४ बाट डेंगु देखिन थालेको हो… पुरा पढौ

फिर्केखोलाको सिमांकन गर्दै पोखरा महानगर

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली
पोखरा, २ साउन/ पोखरा महानगरपालिकाले फिर्केखोलाको सिमांकन छुट्याउने भएको छ । प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने महानगरले जानकारी दिएको छ । महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन समिति गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यले बताए । बुधबार देखी २ टिम फिल्डमा खटिने छन् । मापदण्डबारे विवाद रहेकाले सुरुमा फिर्केखोलाको पुरानो आकारको मात्रै खोजी उनले बताए । फिर्के सीमांकन समितिका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार… पुरा पढौ

फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार

राम गुरुङ
पोखरा, २ साउन/ पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटोपत्रकार राम गुरुङले पाउने भएका छन । पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना स्वर्गिय पिता माताको नाममा स्थापना गर्नुभएको यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनिय भूमिका खेल्ने बरिष्ठ फोटोग्राफरहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक २ वर्षमा… पुरा पढौ

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास
पोखरा, २ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७ महिनापछि हवाई इन्धन डिपोको निर्माण सुरु भएको छ । अग्रेजी नयाँ वर्ष अथार्त गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डिपोको शिलन्यास गरे । ३६ लाख लिटर हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । विमानस्थल परिसरभित्र डिपो नहुदा पोखरा विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको… पुरा पढौ