समाचार

पोखरामा १४ लाखको बियर नष्ट

पोखरा, २८ बैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रेको बियर नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रणमा लिइएको १३ लाख ९८ हजार रुपैयाँ बराबरको बियर बुधबार नष्ट गरिएको हो । पोखरा १७, मुस्ताङचोकस्थित गल्फकोर्सको जग्गामा खाल्डो खनेर म्याद गुजेको बियर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । प्रशासनले मंगलबार ६ सय ५० एमएलको ३ सय १३ कार्टुन, ११ बोत्तल र ३ सय ३० एमएलको ६ कार्टुन, ११ बोत्तल बियर नियन्त्रणमा लिएको थियो । उनका अनुसार… पुरा पढौ

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षमा भरत कोइराला
पोखरा, २६ बैशाख/ संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा कोइराला आगामी २ वर्षका लागि निर्वाचित भए । उनले राहित पराजुलीलाई हराए । कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए । मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । त्यसै गरी सदस्यहरुमा युनिश गुरुङ, उमेश पुन, ऋषि बराल, युवराज श्रेष्ठ चयन भए । पुरा पढौ

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासतालमा मृत फेला

पाैडी डुवेर
पोखरा, २५ बैशाख/ परराष्ट्र मन्त्रालयका कर्मचारी पोखराको बेगनासतालमा मृत फेला परेका छन् । मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । सोमबार बिहान साढे ८ बजे बेगनास तालको डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको उनले बताए । उनी राहादानी विभागमा कार्यरत थिए । उनको साथबाट जहाजको टिकट पनि भेटिएको… पुरा पढौ

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार
पोखरा, २४ बैशाख/ पोखराका पत्रकार रामकृष्ण ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । सोही पुरस्कारबाट अनिता बिन्दु, अम्बिका दहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापालाई पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पुरा पढौ

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार

पोखरा स्पोर्टस अवार्डः करण केसी र सावित्रा भण्डारी उत्कृष्ट खेलाडी, सागर उत्कृष्ट पत्रकार
पोखरा, २३ बैशाख/ पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो । पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका करण केसीले टेनिसका प्रदीप खड्का, आर्चरीका गंगाबहादुर कुबँरलाई पछि पार्दै उपाधि जिते । त्यसै गरी सावित्रा भण्डारीले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् । वर्ष खेलाडी पुरुष र वर्ष… पुरा पढौ

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगितामा मदरल्याण्डकी एन्जल नेपाली पहिलो

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगितामा मदरल्याण्डका एन्जल नेपाली
पोखरा, २३ वैशाख/ २५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सले आयोजना गरेको कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मको प्रतियोगीतामा मदरल्याण्ड मा विका एन्जल नेपाली पहिलो , कुम्दिनी होम्सका अविस्था पालिखे दिस्रो , वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछाने सन्तवना भए । उनिहरुले क्रमश हाइसेन्सको ३२ इन्चको एचडी टीभी , कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार… पुरा पढौ

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभा, २२ वैशाख/ संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युतको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् । दुर्घटनामा पाइलट, का पाइलट, हेलिको टिम सदस्य छिरिङ भोटे, स्थानिय भबिन गुरुङ र सुरेन्द्र पौडेल घाइते भएका छन् । उनीहरुलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौ पठाउने तयारी भएको छ । पुरा पढौ

पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायाँकन, भारतको ओटीटी प्लाटफर्ममा रिलिज गरिने

पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायाँकन, भारतको ओटीटी प्लाटफर्ममा रिलिज गरिने
पोखरा, २१ बैशाख/ खासगरी सिरिज निर्माणको ट्रेन्ड छिमेकी मुलुक भारतमा बढी छ । हलिउड र बलिउडका चर्चित कलाकार नै सिरिज निर्माणमा लागिरहेका छन । नेपालमा भने छिटफुट रुपमा मात्रै सिरिज निर्माण हुन्छ । अझ व्यवसायिक हिसाबले सिरिज निकै पछाडि छ । यस्तैमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले एक सिरिज निर्माण गर्न लागेको छ । सिरिजको नाम हो ‘ब्रह्माण्ड” । सस्पेन्स फिल्मी ड्रामा र नेपालको प्राकृतिक सुन्दरतालाई दर्शाउने कथामा सिरिज बन्दै गरेको कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश पुरीले… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल पाए विश्वासको मत

सुरेन्द्रराज पाण्डे
पोखरा, २१ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उनको विपक्षीमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली काग्रेस, माओवादी र एकिकृत समाजबादीको समर्थन रहेको छ भने एमाले विपक्षीमा रहेको छ । त्यसै गरी राप्रपाले तटस्थ बसेको छ ।कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका… पुरा पढौ

कालिखोला–काँहुकोट पदमार्ग बन्दै

कालिखोला–काँहुकोट पदमार्ग बन्दै
पोखरा, २२ वैशाख/ पोखरा महानगरपालिका वडा नंम्बर ११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहुँकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले… पुरा पढौ