
पोखरामा सुन सहित महिला पक्राउ
पोखरा, २५ साउन/ पोखरा ९ बसपार्कबाट बैदाम प्रहरीले एक जना महिलालाई सुन सहित पक्राउ गरेको छ ।
बिहीबार बिहान काठमाडौबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार झापा बिर्तामोड नगर पालिका १ घर भै हाल काठमाडौ जोरपाटी बस्ने बर्ष ४५ कि कल्पना गुरुङलाई पक्राउ गरेको हो ।
बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको डिएसपी बेद प्रकाश जोशीको कमान्डको टोलिले उनलाई पक्राउ गरेको हो ।
निजको शरीर तलास गर्ने क्रममा छातिमा सेतो टेपले बेरि ब्रा भित्र लुकाइ छिपाइ राखेको अबस्थामा सुनको बिस्कुट र औंठी सहित पक्राउ गरेको हो ।
अन्दाजी २८० ग्राम २९ मिलिग्राम सहित गुरुङलाई नियन्त्रणमा लिइ स्थानिय जनप्रतिनिधिको रोहवरमा मुचुल्का पश्चचात आबश्यक अनुसन्धान थालेको डिएसपी जोशीले बताए ।





