समाचार

पोखरामा पुस्तक ‘म्याड लभर्स’ परिचर्चा

पोखरामा पुस्तक ‘म्याड लभर्स’ परिचर्चा
पोखरा, ८ जेठ/ प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया)को परिचर्चा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त… पुरा पढौ

वर्षामा ५० युनिट र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने घोषणा

राष्ट्रपति रामचन्द्र पौडेल
पोखरा, ५ जेठ/ सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरे । नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने घोषणा गरे । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने, खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा गरे ।… पुरा पढौ

साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

जनार्दनशरण त्रिपाठी
पोखरा, ५ जेठ/ साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान ८० वर्षको उमेरमा निधन भएको हो । संस्कृत मावि पोखराका पूर्व प्रधानध्यापक समेत रहेका छन् । उनी हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । उनी बिरामी रहेकै अवस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यका संघ संस्थाले हेमजास्थित घरमै पुगे सम्मान गरेका थिए । दिवंगत जनार्दनको आजै अन्त्येष्ठि गरेको परिवारले जनाएको छ । पुरा पढौ

पोखराको पुम्दिभुम्दिमा सवारी दुर्घटना, हेम्जाका त्रिपाठीको निधन

दुर्घटना
पोखरा, ४ जेठ/ पोखरा २२ पुम्दिभुम्दिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाका ४६ बर्षिय तुल्सी प्रसाद त्रिपाठी रहेका छन् । दुर्घटनामा परि घाइते भएका त्रिपाठीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरा २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२८७ नम्बरको नगर बस र ग २३ प ३६८६ नम्बरको स्कुटर ठक्कर खाएका थिए । सोही स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका २२ बर्षिय शिशिर त्रिपाठी घाईते… पुरा पढौ

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका उद्घाटन गर्दै जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने तयारी अगाडी बढेको बताए । उनले हिजो मात्रै अन्तिम कुराकानी भएको बताए । २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय… पुरा पढौ

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’
गोरखा, ४ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’… पुरा पढौ

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरो चुम्दै कीर्तिमान

कामीरिता शेर्पा
पोखरा, ३ जेठ/ प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथाको (८८४८.८६ मिटर) सफल आरोहण गरेका छन् । मंगलबार कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाचाको चुचुरो चुमेर र फर्किएका छन् । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले मंगलबार बिहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको शिखरमा पुगेको सरकारी प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए । कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६ औं पटक… पुरा पढौ

पोखरामा रक व्याण्ड अल्बाट्रोस आउदै, रातकी रानी एल्बम लन्चिङ गर्ने

अल्बाट्रोस
पोखरा, ३ जेठ/ युवाहरुमाँझ चर्चित रक व्याण्ड अल्बाट्रोस नयाँ एल्बम रिलिज सहित लाइभ प्रस्तुती लिएर पोखरा आउन लागेको छ । व्याण्डको नयाँ एल्बम रातकी रानी लन्चिङ गर्न पोखरा आउन लागेको हो । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा जेठ ५ गते साँझ लाइभ कन्सर्टमा सहभागी नयाँ एल्बम लन्चिङ गर्ने छ । अल्बाट्रोसका फर्कि फर्कि नहेर मलाई, तिमि अनि मेरो त्यही एउटा कुरा लगाएतका गीतहरु चर्चित छन् । सन् १९९८ मा स्थापना भएको यो व्याण्डले नेपाली सागितक जतमा एतिहासिक… पुरा पढौ

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन
पोखरा, ३ जेठ / यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गर्नुभएको छ । यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान गर्न मन्त्री जुग्जाली आकस्मिक रुपमा अनुगमनमा पुग्नुभएको हो । मन्त्री जुग्जालीले यातायात व्यवस्थापन कार्यालयको सवारी चालक अनुमतिपत्र अनुगमनका क्रममा सेवाग्राहीले उठाएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर यातायात क्षेत्रको सुधारको काम सुरुवात गरिने बताउनुभयो । सेवाग्राहीहरुले मन्त्रीसँग कार्यालयमा खाने र शौचालयमा प्रयोग गर्ने समस्या भएको, सेवा प्रवाह अव्यवस्थित,… पुरा पढौ

पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन

पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन
पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाले पोखराका पाँच पेट्रोलपम्पमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, मासबार र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलीयम पर्दाथको परिणाम र गुणस्तर चेक गरिएको थियो । प्राविधिक टोलीले गरेको चेकजाँचमा परिणाम र गुणस्तर ठिकठाक भेटिए छ । पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । पोखरा २५ हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल… पुरा पढौ