समाचार

कसरी संभब भयो पोखराको फोहोर व्यबस्थापन

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा २३ साउन/ बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो । फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु… पुरा पढौ

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा
पोखरा, २३ साउन/ आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले साउन २६ गते सम्म सार्बजनिक बिदा दिएको छ । महानगरको शिक्षा शाखाले मंगलबार विज्ञप्ती जारी गर्दै महानगरपालिकाका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा साउन २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख गरेको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले अझ फैलन रोक्नका लागि बुधबारबाट ३ दिनका लागि विद्यालय बिदा दिएको महानगरका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिए । पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक… पुरा पढौ

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल बुधबारदेखि ३ दिन बन्द

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब
पोखरा, २२ साउन/ आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगका कारण विद्यार्थी आउने क्रम घटेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुबेदी जानकारी दिए । प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम… पुरा पढौ

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा, २२ साउन/ पोखरा महानगरपालिकाले मंगलबार बिहानदेखि पोखरा ३२ को लामेआहालमा फोहर ब्यबस्थापन गर्ने भएको छ। उक्त स्थानमा फोहर फाल्न २ हप्तादेखि स्थानीयले अबरोध गरेका थिए । स्थानीय संघर्ष समितिसंग वार्ता गर्न महानगरले पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिएको थियो । अध्यक्षद्वय दिनभर वार्तामा बसेका थिए । वार्ता सकरात्मक भए पनि सांझपख केही स्थानीयहरूले असहमति जनाएका थिए । वार्ता सकरात्मक नै थियो तर केही ब्यक्तिहरू सहमतिमा आउन नचाहे पछि समस्या भयो, ३३… पुरा पढौ

पोखरा महेन्द्रपुल स्थित साँघुमुख पार्कको सेरवाल भत्कियो

पोखरा महेन्द्रपुल स्थित साँघुमुख पार्कको सेरवाल भत्कियो
पोखरा, २२ साउन/ पोखरा–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि बनाएको सेरवाल भत्किएको छ । रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल सेरवाल गएराति भत्किएको हो । पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर–९ को आर्थिक सहयोगमा बनेको सेरवाल भत्किएको हो । करीब ३७ लाखको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको सेरवालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ । आइतबार साँझ वर्षा भैरहेका बेला साढे ८ बजे ठूलो आवाजसहित सेरवाल भत्किएको स्थानीयले बताएका छन् ।सेती… पुरा पढौ

लामेआहालमै फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुल्यो

पोखराको सडकमा फोहोर तस्बिरः सुर्दशन रञ्जित
पोखरा, २२ साउन/ पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको छ । महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रिटको उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो । आइतबार महानगरको जवाफ पछि न्यायाधीशद्वय रमेशप्रसाद… पुरा पढौ

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब
सागर राज तिमिल्सिनापोखरा, २२ साउन/ पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण ह्वातै बढेको छ । हिमालय आँखा अस्पताल घारीपाटनमा आँखा परीक्षण गर्न आउनेमा आँखा पाक्ने रोग भएका बिरामीको संख्या धेरै छ । यो रोगबाट बच्न सबै जना सचेत हुने र सरसफाइमा ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । पोखरा र देशै भरी केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण बिरामीहरु ह्वातै बढेको छन् । आँखा पाक्ने रोगका कारण बालबालिकामा बढि संक्रमिण देखीएको छ । आइतबार पोखराको हिमालयन आँखा अस्पतालमा… पुरा पढौ

पोखरामा खाजाघरमा यौनधन्दा सञ्चालजन गरेको आरोपमा एक जना पक्राउ

पार्वती काराखेती
पोखरा, २२ साउन/ खाजाघर खोलेर त्यहीबाट यौनधन्दा चलाएको आरोपमा कास्की प्रहरीले एक महिला पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा खाजापसल चलाउँदै आएकी एक महिलाले ३ बालिका र १ जना महिलालाई कामदारको रुपमा राखेर यौनकार्यमा लगाउँदै आएको कास्की प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए । प्रहरीले खाजाघर सञ्चालक गोरखाको पालुङटार स्थायी घर भएकी ६० वर्षे पार्वती काराखेतीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरे थप अनुसन्धान भईरहेको डिएसपी… पुरा पढौ

एक्सपर्टको २० औं वार्षिकत्सवमा वृक्षारोपण र सरसफाई

एक्सपर्टको २० औं वार्षिकत्सवमा वृक्षारोपण र सरसफाई
पोखरा, २१ साउन/ एक्सपर्टको २० औं वार्षिकत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई गरिएको र त्यसपछि नजिकै रहेको पिकनिक स्पटमा वृक्षारोपण गरिएको एक्सपर्टका मार्केटिङ म्योजनर विष्णु प्रसाद गौतमले जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बराल थिए । बराल पोखरा २२ कै स्थायी बासिन्दा पनि हुन् । कार्यक्रममा बोल्दै बरालले एक्सपर्ट जस्तो शैक्षिक… पुरा पढौ

कास्कीमा एक वर्षमा ११७ दुर्घटना ४४ को मृत्यु, चालकको लापरवाहि मुख्य कारण

पोखराको बुलौदीमा दुर्घटना
सागर राज तिमिल्सिनापोखरा, २२ साउनआर्थिक २०७८/७९ मा भन्दा अघिल्लो आर्थिक वर्षमा कास्कीमा सवारी दुर्घटनामा बुद्धि भएको छ । २०७८/७९ मा ९८ दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा १ सय १७ वटा ठुला दुर्घटना भएका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ । दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए । ति दुर्घटनाको कारणमा सबैभन्दा बढी चालकको लापरवाहि देखीको… पुरा पढौ