समाचार

गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभा
पोखरा, १२ जेठ/ गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ । गण्डकी प्रदेशको शुक्रबारको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका हुन् । बजेटका सिद्धान्त र प्राथमिकता पेस गदै आलेले प्रदेश गौरवका आयोजना, रणनीतिक आयोजना पुराना कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । उनले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउन उत्पादन मुलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने र अधुरा दायित्व… पुरा पढौ

घरभाडा घटाउन घरधनीलाई सिटी रेवान पोखराको अपिल

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १२ जेठ/ पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने… पुरा पढौ

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन
पोखरा, ११ जेठ/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी निर्मम भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो “आयोजना होल्ड भइरहने, प्रगति पनि नदेखिने र नयाँ आयोजना पनि थपिने भएकाले रुग्न आयोजनालाई पूर्णता दिन केन्द्रित हुनुपर्छ ।” कार्यान्वयन हुन सक्ने, हुन नसक्ने र ठेक्का तोड्नुपर्ने… पुरा पढौ

गण्डकी प्रदेशको अधिबेशन जेठ १२ गते देखि

गण्डकी प्रदेशसभा
पोखरा, ११ जेठ/ गण्डकी प्रदेश सभाको बजेट अधिबेशन जेठ १२ गतेबाट शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । जेठ १२ गते अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने छन् । बैशाख १४ गते नियुक्त भएर १५ गते मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने २१ विश्वासको मत लिएका थिए । अहिले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा… पुरा पढौ

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर
पोखरा, १० जेठ/ फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एकवर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए। ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनैपनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने… पुरा पढौ

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री
पोखरा, १० जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनता कहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’ मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि बुधवार बिहान आफैँ स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो… पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना, एक जनाको मृत्यु

दुर्घटना
पोखरा, ९ जेठ/ पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ काठमाडौंका सफल खतिवडाको मृत्यु भएको छ । सोमबार राति करिब १ बजे पोखरा महानगरपालिका ६ हल्नचोकबाट गैहाको चौतारा तर्फ जादै गर्दा खहरेचोकमा विजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो । ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ बर्षिय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नंम्बर ४ थर्पुका १७ बर्षिय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको… पुरा पढौ

पोखराको जंगलमा गम्भिर घाइते भएको अवस्थामा युवती फेला

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ९ जेठ/ पोखरा ६ जरेवरको माथीको जंगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते युवतीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको प्रहरीको भनाई छ । उनको हाल पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार विकले जानकारी दिए । आइतबार साँँझ मात्र उनी बोल्न सक्ने अवस्थामा आएकी छन् । उनी पुर्ण… पुरा पढौ

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन
पोखरा, ८ जेठ/ नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ चयन भएका छन् । त्यसै गरी सहसचिवमा सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी चयन भए । कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका छन् । पुरा पढौ

डा. जगमान गुरुङको अभिव्यक्ति प्रति नौंचु पैंगीलामाद्वारा आपत्ति

डा. जगमान गुरुङ
पोखरा, ८ जेठ/ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारद्वारा आपत्ति जनाएको छ । गत बैशाख २२ गते बुद्धपुर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएका थिए । नौंचु पैंगीलामा गुरुङ ताङतिङद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा।जगमान गुरुङले माफी माग्नु पर्ने कुरा समेत जनाएको छ । ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर… पुरा पढौ