
दुर्घटना
पोखरा, २ भदौ/ कास्की रुपा गाँउ पािलका ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
पोखरा ३२ बाट रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटर साइकल सडकबाट करिब ९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामापरी मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाँउ पालिका ६ बस्ने २९ बर्षिय कृष्ण गुरुङ र पछाडी सवार २४ बर्षिय अशोक गुरुङ मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाईते भएका उनीहरुको उपचारको लागि गण्डकी अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।





