
नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल
पोखरा, २ भदौ/ पोखरा ७ नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल चयन भएका छन् । शनिबार भएको वार्षिक साधारण सभा एवं चौथो अधिबेशनले बराललाई पुर्न अध्यक्ष चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा विना गौतम पौडेल, सचिबमा दामोदर पराजुली, कोषाध्यक्षमा इन्दिरा बराल चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा श्रीराम थापा, रामचन्द्र देवकोटा, निर्मला अर्याल बराल, विष्णु पाण्डे, पार्वती पौडेल, शैलेस बराल रहेका छन् ।
निर्वाचन समितिका संयोजकमा विष्णु प्रसाद बराल, सदस्य डम्बरराज बराल र संजय पौडेलले समिति निवोरोध भएको घोषणा गरेको थियो । अधिवेशनको पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले उद्घाटन गर्दै टोल विकास संस्थाले उत्कृष्ट काम गर्दै आएको बताए ।
टोल विकास समितिको सहयोगले गर्दा विकास निमार्णका काममा सजिलो भएको बताए । नुवारथो टोल विकास संस्थाले बुलोदीमा हुने दुर्घटना न्युनीकरण गर्न कार्यक्रम सञ्चालन, मन्दिर, बाटो लागएतमा निमार्णका काम लगाएतका कामहरु गर्दै आएको अध्यक्ष दामोदर बरालले बताए ।





