समाचार

पोखराको सडकका सालिकहरू एक महिना भित्र व्यवस्थापन गरिने

पोखराको सडकका सालिकहरू एक महिना भित्र व्यवस्थापन गरिने
पोखरा, २६ साउन/ पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय.सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण.व्यवस्थापन गर्ने निर्णय गरेको हो । सर्वदलीय.सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण।व्यवस्थापन गर्ने… पुरा पढौ

पोखरामा नहरले बगाउदा एक बालकको ज्यान गयो

पाैडी डुवेर
पोखरा, २६ साउन/ पोखरामा नहरले बगाउदा एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय सम्बोधन अधिकारीको ज्यान गएको हो । बिहीबार दिऊसो पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका उनको झन्डै एक घण्टापछि शव भेटिएको हो । उनको शव भिरमा पानीले खसालेको अबस्थामा सशस्त्र प्रहरीले भेटाएको हो । बालक बेपत्ता भएको खबर पाए लगत्तै उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले बालकको शव फेला पारेको प्रहरीले जानकारी दिएको… पुरा पढौ

‘ताल बेचेर खान कसैलाई दिईन्न’– वडाध्यक्ष थापा

‘ताल बेचेर खान कसैलाई दिईन्न’– वडाध्यक्ष थापा
पोखरा, २५ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने बताएका छन् । पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका हुन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाह छ । ’ सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको… पुरा पढौ

पोखरामा करेन्ट लागेर महिलाको मृत्यु

मेनुका बस्नेत थापा
पोखरा, २५ साउन/ पोखरा महानगरपालिका १८ सराङकोट गोठादीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो । उनले कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक छोरा ११ बर्षिय र छोरी ७ बर्षिय रहेका छन् । पुरा पढौ

पोखरामा सुन सहित महिला पक्राउ

पोखरामा सुन सहित महिला पक्राउ
पोखरा, २५ साउन/ पोखरा ९ बसपार्कबाट बैदाम प्रहरीले एक जना महिलालाई सुन सहित पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार झापा बिर्तामोड नगर पालिका १ घर भै हाल काठमाडौ जोरपाटी बस्ने बर्ष ४५ कि कल्पना गुरुङलाई पक्राउ गरेको हो । बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको डिएसपी बेद प्रकाश जोशीको कमान्डको टोलिले उनलाई पक्राउ गरेको हो । निजको शरीर तलास गर्ने क्रममा छातिमा सेतो टेपले बेरि ब्रा… पुरा पढौ

मातृभाषिक अधिकार कार्यान्वयन गरः तमु धिं नेपाल

मातृभाषिक अधिकार कार्यान्वयन गरः तमु धिं नेपाल
पोखरा, २५ साउन/ तमु धिं नेपालले गण्डकी प्रदेशमा तमु भाषालाई सरकारीका कामकाजी भाषा बनाउनुपर्ने, मातृभाषामा पठन पाठन र तमु गाँउठाँउको नाम पुनः तमु भाषामै नामाकरण हुनुपर्ने निप्कर्ष निकालेको छ। संविधानले प्रदान गरेको अधिकार समेत हालसम्म कार्यन्वयन नभएकाले व्यवहारमा प्रयोग गर्न पाउनुपर्ने निर्णय गरेको हो । तमु धिं नेपालले गण्डकी प्रदेशमा तमु भाषालाई सरकारीका कामकाजी भाषा बनाउनुपर्ने, मातृभाषामा पठन पाठन र तमु गाँउठाँउको नाम पुनः तमु भाषामै नामाकरण हुनुपर्ने निप्कर्ष निकालेको छ। २९ औं विश्व आदिवासी दिवसको अवसरमा तमु धिं नेपालद्धारा… पुरा पढौ

पोखरा महानगरमा कर बढ्यो, पोखरामा किन बढ्यो कर -मेयर धनराज आचार्य (भिडियो सहित)

पोखरा महानगरमा कर बढ्यो, घटाउन माग गर्दै ज्ञापनपत्र
पोखरा, २४ साउन/ पोखरा महानगरपालिकामा आज भोली दैनिक जसो गुनासो लिएर आउनेहरुको एउटै छ कर किन बृद्धि भएको छ । तर महानगरपालिकाको जवाफ करको दर वृद्धि भएको छैन । जग्गाको मूल्यांकन बढेसँगै करको भारी भने बढेको सर्वसाधारण बताउ छन् । पोखरा महानगरपालिकामा सम्पत्तिको मूल्यांकनको मूल्य बढ्दा सम्पत्ति कर अखिल्लो आर्थिक वर्षभन्दा कर बढेको छ । धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको छ ।महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक… पुरा पढौ

एक्सपर्टको २० औं वार्षिकत्सवमा पोखरामा रक्तदान

एक्सपर्टको २० औं वार्षिकत्सवमा पोखरामा रक्तदान
पोखरा, २४ साउन/ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्बिसेज पोखराले २० औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले शुभकामना दिए । पहिलो रक्तदाता रोशन थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थापाले एक्सपर्ट शैक्षिक परामर्श सँगै सामाजिक उत्तरदायित्वमा समेत क्रियाशिल रहनु सकरात्मक भएको उल्लेख गरे । उनले उच्च शिक्षा अध्ययनका… पुरा पढौ

सेतीको पुलमा साइकल चिप्लीदा सेती नदिमा खसेर एक जना बेपत्ता

सेतीको पुलमा साइकल चिप्लीदा सेती नदिमा खसेर एक जना बेपत्ता
पोखरा, २३ साउन/ पोखरा २९ पटनेरीस्थित सेती नदिमा खस्दा एक जना बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदिको पुलबाट खस्दा बेपत्ता भएका हुन् । पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा जादाँ चिप्लीएर मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजि थालेको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको… पुरा पढौ

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ११ औ स्थापना दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । साउन २४ गते पोखरा ट्रेडमा सामुदायिक विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए । पोखरा ः पर्यटन र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सन्तोष कुमार घिमिरेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय सान्त्वना पुरस्कार क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँ… पुरा पढौ