मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो

-


     क्लिक गण्डकी     
     भाद्र ४ गते २०८० मा प्रकाशित


मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ

सडक फाइल तस्बिर

मुग्लिन, ४ भदौ/ मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो गएको छ । मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण यो सडकखण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

ठूलो पहिरो झरेकाले पन्छाउन कम्तिमा दुई दिन लाग्ने प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

पहिरो करिब ७ सय मिटर चौडाइमा गएको प्रहरीको भनाई छ । अहिले पनि पहिरो चलिरहेका कारण र अध्यारोले गर्दा पहिरो पन्छाउने काम नभएको प्रहरीको भनाई छ ।



Tags: