#मुग्लिन

मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
मुग्लिन, ४ भदौ/ मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो गएको छ । मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण यो सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो । ठूलो पहिरो झरेकाले पन्छाउन कम्तिमा दुई दिन लाग्ने प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् । पहिरो करिब ७ सय… पुरा पढौ

मुग्लिन–आँबुखैरेनी सडक केही दिन बिहान ५ देखि साँझ ७ बजेसम्म मात्र सवारी सञ्चालन हुने

तनहुँको आँबुखैरेनीमा सडक भासियो
पोखरा, २८ जेठ/ आँबुखैरेनी–मुग्लिन सडक खण्डको साँखरमा सडक भाँसिए सँगै निश्चित समयका लागि मात्रै सवारी सञ्चालनको अनुमति दिने भएको छ । शनिबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी संचालन गर्न पाउने भएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गर्दै सडक मर्मतको काम सम्पन्न नहुदासम्म प्रत्येक दिन बिहान ५ः०० बजेदेखि साँझको ७ः०० बजेसम्म यातायात सञ्चालन गर्न पाउने ब्यवस्था गरेको हो । शुक्रबार दिनैभर हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिईएकोमा शनिबार ठुला सवारी साधनलाई पनि एकतर्फी रुपमा सञ्चालनको… पुरा पढौ