
तनहुँको आँबुखैरेनीमा सडक
पोखरा, २८ जेठ/ आँबुखैरेनी–मुग्लिन सडक खण्डको साँखरमा सडक भाँसिए सँगै निश्चित समयका लागि मात्रै सवारी सञ्चालनको अनुमति दिने भएको छ । शनिबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी संचालन गर्न पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गर्दै सडक मर्मतको काम सम्पन्न नहुदासम्म प्रत्येक दिन बिहान ५ः०० बजेदेखि साँझको ७ः०० बजेसम्म यातायात सञ्चालन गर्न पाउने ब्यवस्था गरेको हो ।
शुक्रबार दिनैभर हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिईएकोमा शनिबार ठुला सवारी साधनलाई पनि एकतर्फी रुपमा सञ्चालनको अनुमती दिइएको छ ।
बिहीबार राति मस्र्याङदी नदीको आएको बाढीका कारण आँबुखैरेनीको साँखरमा भासिएको थियो । सडकमा एकतर्फी रुपमा सबै प्रकारको सवारी आवतजावत गर्न दिईएको छ । बाढीका कारण शुक्रबार बिहानै आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा रहेको सडक भासिएको थियो ।
पृथ्वीराज मार्ग अन्तरर्गत रहेको आँबुखैरेनी–मुग्लिन सडक खण्डको साखरमा सडक भासिए संगै सवै प्रकारको सवारी आवागमन बन्द भएको थियो । शुक्रबार मध्यान्नदेखी हलुका सवारी साधनलाई मात्र सञ्चालनको अनुमती दिएको थियो ।
सडक डिभिजन कार्यालय दमौलीले शुक्रबारदेखी नै सडक संगै रहेको भीर फोरेर साना तथा हलुका सवारीलाई आउजाउ गर्न दिएको भएता पनि शनिबार भने ठुला सवारी साधनलाई पनि आउजाउ गर्न दिएको हो ।
त्यस्तै गरी, राजधानी जोड्ने मुख्य राजमार्गहरु यतिबेला खुल्ला रहेका छन् । मुग्लिन–नारायणगढ र मुग्लिन–नौविसे सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाइ राति २ बजेबाट पूर्णरुपमा यातायात सञ्चालन ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले बताए ।