पत्रकार एलिजाको निधन

-


     क्लिक गण्डकी     
     भाद्र ५ गते २०८० मा प्रकाशित


रोशनी क्षेत्री (एलिजा)

रोशनी क्षेत्री (एलिजा)

पोखरा, ५ भदौ / पत्रकार रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । पोखरामा रहेर पत्रकारीता गर्दै आएकी उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

सोमबार जाल्पारोड स्थित घरमा शरीरमा आगो लागेर जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । गण्डकी मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार ६७ प्रतिशत उनको शरिर आगोले जलेको थियो । उनले विगत ७ वर्षदेखि पोखरामा रहेको माछापुच्छ्रे एफएम र गोल्डन आई टेलिभिजन लगाएतका सन्चार संस्थामा कार्यरत थिइन् ।

उनको मंगलबार पोखरा ९ सेती नदीको रामघाटमा अन्त्यष्ठी गरिएको छ । चलचित्र पत्रकार संघ कास्कीले विज्ञप्ती जारी गर्दै शोक व्यक्ति गरेको छ ।