समाचार

एनवाईईएफ पोखराद्धारा युवा दिवसमा अन्तरक्रिया

एनवाईईएफ पोखराद्धारा युवा दिवसमा विद्यार्थी सगँ अन्तरक्रिया
पोखरा, २९ साउन/ अगस्ट १२ तारिख अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । विश्वभर जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । दिवसको अवसर पारेर पोखरामा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ पोखरा) ले पोखराका युवा उद्यमीहरु तथा विभिन्न छात्र, छात्रा सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले उनीहरुसँग नेपालमा युवा उद्यमीले व्यवसायमा भोग्नुपरेको चुनौती र अवसरहरूका बारेमा अन्तक्रिया गरेका हुन् । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा… पुरा पढौ

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने
पोखरा, २९ साउन/ पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तीजको अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८… पुरा पढौ

कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकताः मुख्यमन्त्री पाण्डे

कागवेनी
पोखरा, २९ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । गएरातीको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकि असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमवार बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए ।… पुरा पढौ

पोखरा–मुग्लिन सडक निमार्ण अलढिल्, व्यवसायी र सर्वसाधारण मारमा

पोखरा–मुग्लिन सडक निमार्ण अल्ढिल, व्यवसायी र सर्वसाधारण मारमा
पोखरा, २९ साउन/ पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ । पूर्विखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्डमा पर्ने जामुने–पोखरा ३९ किलोमिटर दुई खण्डमा बाँडेर यो सडक बिस्तार भईरहेको छ । विस्तारका क्रममा भएको सडकले सर्वसाधारणलाई भने सास्ती दिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको विस्तारको काम चलिरहेको छ । दुई खण्डमा बाडेर भएको काममा अहिलेसम्म पूर्विखण्डको झन्डै ३२ प्रतिशत र पश्चिम खण्डको ८ प्रतिशत मात्र काम सकिएको छ । राजमार्गको पूर्वि खण्ड बिस्तारका… पुरा पढौ

नेवाःखल कास्कीको अध्यक्षमा पुनः पालिखे

नेवाःखल कास्कीको अध्यक्षमा पुनः पालिखे
पोखरा, २७ साउन / नेवाःखल कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन भएका छन । बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उनीहरुको पनि कलस्टर अनुसार चयन गरिएको हो । सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल… पुरा पढौ

छोरी सहित बेपत्ता महिलाको शव सेती नदिमा फेला, छोरी बेपत्ता

पोखरा, २७ साउन/ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदिको किनारमा एक जना महिलाको शव फेला परेको छ । सेती नदिमा नै बालुवा चाल्ने काम गर्दै आएकी कुसुम भन्ने देउमाया गु?ङ सेती नदिको किनारमा मृत भेटिएकी हुन् ।उनको शव नदि किनारमा भेटीएको प्रहरीले जानकारी दिएको छ । बालुवा चाल्ने स्थानीय बासिन्दाले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीको उद्धार टोलीले उनको शबलाई बाहिर निकालेको थियो । उनको शवलाई पोस्टमार्टमका… पुरा पढौ

हुम तमु र सुन्दरकुमार थकाली कञ्चन पत्रकरिता पुरस्कार प्रदान

हुम तमु र सुन्दरकुमार थकाली कञ्चन पत्रकरिता पुरस्कार प्रदान
पोखरा, २७ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
म्याग्दी, २७ साउन/ बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको हो । सडकमा ढुङ्गा खस्ने समस्याको समाधन गर्न साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान… पुरा पढौ

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, २७ साउन/ नेपाल आयल निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख र व्यवसायीको मिलेमतोमा पोखरामा पेट्रोलियम पदार्थको अवैध कारोबार भएको खुलेको छ । निगमको पोखरा स्थित गगनगौंडाका प्रमुख चितरञ्जन दासले चलानी बिलभन्दा बढी तेल लोड गरेर कमिसन लिने गरेको भेटिएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपो पोखराबाट बिहीबार डिजेल लोड भएको ट्यांकरमा खरिद गरेको डिजेल परिमाण भन्दा बढि भेटिएपछि ट्यांकरसहित पक्राउ परेको छ । पोखरा डाँडाको नाकमा रहेको पश्चिमाञ्चल ट्रेडर्सले खरिद गरेको डिजेल भन्दा बढी डिजेल पठाए पछि… पुरा पढौ

आज दिऊसो देखी भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते
पोखरा, २७ साउन/ मनसुनको न्यूनचापीय रेखा नेपाल सर्दै आएका कारण आज र भोलि बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले… पुरा पढौ