समाचार

जनप्रियका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समिति

जनप्रियका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समिति
पोखरा २१ जेठ/ जनप्रियका उच्च माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी लिइसकेपछि परिवारका सदस्यलाई यसको महत्वबारे सुझाउन आग्रह गरिन्। कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उनले बताइन्। “एकदमै महत्वपूर्ण विषयबारे तपाईंहरूलाई प्रशिक्षण दिन मेलमिलाप सहजकर्ताहरू आउनूभएको छ। जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने… पुरा पढौ

रुपनारायण ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रुपनारायण ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
पोखरा, २१ जेठ/ अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा र कृषिमा जोड्
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र कृषिमा जोड्दिएको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड् दिए । नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा… पुरा पढौ

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु
पोखरा, १९ जेठ/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो । पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम सुरु गरिएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । पोखरा महानगरपालिका थप ५ वटा… पुरा पढौ

पोखरामा पनि अचाक्ली गर्मी बढ्यो

पोखरा
पोखरा, १९ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको हो । सोमबार देखि तापव्रmम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम केहिदिन रहिरने विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै केहि दिन रहने विभागको अनुमान छ । विभागका अनुसार रौतहटको गौरमा ४३.३ डिग्रिको… पुरा पढौ

पोखरामा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

पोखरामा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ
पोखरा, १८ जेठ/ मंगलबार राति पोखरा २९ बाट मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जेठ १६ गते राति पोखरा २९ बाट ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइक चोरी गरेका आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारा कालिकाको भित्री सडक खण्डमा वर्ष १८ का ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट… पुरा पढौ

फेवातालको सिमसार क्षेत्र नपुर्न उच्च अदालतको आदेश

पोखरा, १८ जेठ/ उच्च अदालत पोखराले फेवातालको चार किल्लाभित्र सिमसार क्षेत्रमा नपुर्न, डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको चार किल्लाभित्र व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न र डोजर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता मनोज घर्तीमगरले फेवाताल क्षेत्र अतिक्रमण रोक्न माग गर्दै उच्च अदालतमा रिट दिएका थिए । फेवातालको चार किल्लालाई निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनत्रिकृत रुपमा प्रवेश… पुरा पढौ

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु, पर्यटन समृद्धिको आधारः सांसद बराल

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु, पर्यटन समृद्धिको आधारः सांसद बराल
पोखरा, १८ जेठ/ कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आजदेखि सुरु भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आजदेखि सेन्चुरी महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । ‘घान्द्रुकमा स्वदेशी र विदेशी पर्यटन किन आउँछन् भन्ने धेरैको जिज्ञासा हुन… पुरा पढौ

पोखरा महानगरले खाजाखाना साढे २ करोड

पोखरा महानगरपालिका
पोखरा, १७ जेठ/ पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ । आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ४० लाख खर्च भएको थियो । महानगरले विविध तथा खाना खाजामा खर्च गरेको हो । महालेखाले पोखरा महानगरपालिकाका कर्मचारीले नियम विपरीत आवास सुविधादेखी महँगी भत्ता लिएको देखाएको छ । पुरा पढौ

पोखराका रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुल्ला

पोखराका रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुल्ला
सागरराज तिमिल्सिनापोखरा, १५ जेठ/ पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । पटक पटक खुलाउने भनिएपनि अहिले गणतन्त्र दिवसको अवसर पारेर खुल्ला गरेको हो । शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा ६ लेकसाइडमा निमार्ण भएको ‘रत्नमन्दिर’ दरबार गणतन्त्र दिवसको असवसर पारेर सोमबारबाट खुल्ला गरेको हो । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबार सहित १ सय ७४ रोपनी जग्गा ट्रस्टका नाममा छ । पोखरा ६ लेकसाइडमा रत्नमन्दिर… पुरा पढौ