
जीत प्रसाद द्धा
पोखरा, १० भदौ/ पोखराका प्रतिष्ठिन उद्योगपति तथा समाजसेवी जीत प्रसाद द्धाको निधन भएको छ । शनिबार भदौ ९ गते ९४ वर्षको उमेरमा निधन भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा जितप्रसाद द्वा विगत लामो समय देखि चलचित्रको व्यवसाय, कपडा व्यवसाय लगाएतमा व्यवसायमा सक्रिए थिए । उनले पोखरामा सिनेमा घरको स्थापना गरी चलचित्र सम्बन्धि गतिविधिलाई बढवा दिन ठुलो योगदान छ ।
उनका अहिले पोखरामा मिडटाउन सिनेमा, विन्धवासीनि सिनेमा हल, श्रीकृष्ण हल, बाराही सिनेमा हल रहेका छन् । विसं १९८७ असार महिनामा जन्मएका हुन् । अहिले उनको व्यवसाय उनका छोरा र नातिनातिले हेर्ने गर्दछन् ।
उनको नामबाट चलचित्र पत्रकारिताको विकासका लागि चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गर्दै आएको छ । उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सन्चालन गर्दै आएको छ ।
द्धा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक कार्यसमिति सदस्य हुन् भने विभिन्न संघसस्थामा सक्रिय रहेका थिए ।





