काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु

-

     क्लिक गण्डकी     
     भाद्र ६ गते २०८० मा प्रकाशित

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु

पोखरा, ६ भदौ/ काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना हुर्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो ।

मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेर अस्पताल गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लगिएको छ ।

काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । बस त्रिशूली नदीमा खसेर पुगेको छ ।

Tags: