गण्डकीका भौतिक मन्त्री जुग्जालीको १०० दिनः ट्याक्सी मिटरमा चले

-


     क्लिक गण्डकी     
     भाद्र ४ गते २०८० मा प्रकाशित


रेशमबहादुर जुग्जाली

रेशमबहादुर जुग्जाली

पोखरा, ४ भदौ/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १०० दिनको उपलब्धी सार्वजनीक गर्दै रुग्न आयोजनाको संख्या घटाएको बताएका छन् ।

बैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुग्जालीले सोमबार पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गरे । उनले निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाए बताए ।

उनले आफु मन्त्री हुदाँ ४७ वटा आयोजनाको काम रोकिएकोमा ३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्काएको बताए । उनले १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने प्यास भएको उनको भनाई थियो ।

उनले आर्थिक वर्ष २०८०/८१ मा ३० लाख भन्दा कम बजेटका योजना नबनाएको मन्त्रालयले टुुक्रे योजनाको कटौति गरेको बताए । उनले गत वर्ष १ हजार ८ सय योजना रहेकोमा चालु वर्षमा १ हजार १ सय वटा कायम भएको बताए ।

पोखरा उपत्यकामा वि.स. २०७७ मा छ महिना सञ्चालन भएर बन्द भएको मिटरमा ट्याक्सी सञ्चालन गर्ने सेवा भदौ १ गतेदेखि पुुन सञ्चालन भएको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताए ।

यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरेको र अन्य कार्यालयहरुमा पनि यो काम गर्न चालुु आर्थिक बर्षमा बजेट बिनियोजन भएको बताए ।

यातायात क्षेत्र तर्फ

  • गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा उपत्यकामा 2080 भाद्र 1 गते देखि भाडाका ट्याक्सीमा अनिवार्य रुपमा मिटर संचालन हुने पूर्वप्रतिबद्धता कार्यान्वयन भएको छ। यसवाट भाडाका ट्याक्सीवाट यात्रु ठगिएको र चर्को भाडाको मारमा परेको गुनासोको न्यूनीकरण गर्न ट्याक्सीको नियमित मिटर चेकजाँच गर्न संयुक्त अनुगमन समिति गठन गरी नियमित अनुगमन गरिएको छ।
  • सार्वजनिक विद्युतिय सवारी सञ्चालन मापदण्ड 2080 स्वीकृत भै लागू भएको छ। 20 बर्षे ट्याक्सी विस्थापन हुँदा विद्युतिय भाडा कार दर्ता गर्ने प्रकृया अगाडी बढेको छ।
  • यातायात कार्यालयहरुको सेवालाइ व्यवस्थित छिटो, छरितो र सहज तथा अनधिकृत व्यक्तिहरुको सहयोग लिन नपर्ने बनाउने प्रयास स्वरुप नेपालमा नै पहिलोपटक यातायात ब्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा अनलाइनवाट लाइसेन्स नवीकरणको शुल्क तिर्ने सेवा शुरु भएको छ। सेवाग्राही मैत्री  कार्यालय बनाउन Help desk खडा गरी सेवाग्राहीलाई कार्यालयमा नै आवस्यक पर्ने सेवा सहयोगी कर्मचारीहरुवाट सहयोग उपलब्ध गराउने तयारी अन्तिम चरणमा छ।
  •  यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा झन्झटिलो, पट्यार लाग्दो लामो लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यतालाइ हटाइ कार्यालयवाट सेवा प्रदान गर्दा छोटो समय भित्र काम सकिने गरी सेवा संचालनको प्रकृया सरलीकरणको व्यवस्था गरिएको छ। साथै सेवाग्राहीलाई खानेपानीको निशुल्क व्यवस्था गरिएको छ।
  • यातायात व्यवस्था कार्यालय बाग्लुङमा 2069 साल देखि रोकिएको चार पाङ्ग्रे सवारीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परिक्षा संचालन गर्ने गरि ट्रायल सेन्टर छनौट भै भाद्र 5 गते सम्झौता गर्ने तयारी  भएको छ।यसवाट कास्कीको यातायात कार्यालयमा सेवाग्रहीको चाप घटेर भिडभाड कम हुने र धौलागिरी क्षेत्रका सेवाग्राहीहरुलाई पोखरा आउने जाने समय तथा खर्च घट्ने छ।
  • यातायात व्यवस्था कार्यालय (लाईसेन्स) कास्कीको चार पाङ्ग्रे ट्रायल परिक्षामा अधिकांश परिक्षार्थीहरु अनुत्तीर्ण हुने जनगुनासोलाई मध्यनजर गर्दै Datsun गाडिले मात्र ट्रायल दिनु पर्ने बाध्यकारी व्यवस्थालाई परिवर्तन गरी अन्य कम्पनीका गाडीलाई पनि ट्रायल परिक्षामा समावेश गराई अधिकतम रुपमा परिक्षार्थी पास गराउने व्यवस्थाको शुरुवात गरिएको छ।
  • यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा दर्ता भएका सवारी साधनहरुको ढड्डा तथा फाईलहरु स्क्यान गरि सम्पुर्ण विवरण डिजिटाइजेशन गर्ने काम सम्पन्न भएको छ। सो काम प्रदेश भरिका अन्य यातायात कार्यालयहरुमा पनि विस्तार तथा निरन्तरता दिइने  छ। यसवाट यातायातका सेवाहरु प्रविधिमैत्री हुने भएको छ।
  • यातायात क्षेत्रमा नितिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संशोधन तथा नियमावली र कार्यविधि निर्माणको काम तदारुकताका साथ भैरहेको छ।

भौतिक पूर्वाधार तर्फ

  • गण्डकी प्रदेश सरकारको आ.ब 2080/081 को यस मन्त्रालय अन्तर्गतका साना/टुक्रे योजनालाइ कटौती गरि रु.30 लाख भन्दा बढीका योजनाहरु मात्र समाबेश गरिएको छ।अघिल्लो आर्थिक बर्षमा 1800 योजना रहेकोमा चालू आ.ब मा 1100 वटामा घटाइएको छ। विगतमा ठेक्का लागेका आयोजनाहरुलाइ निरन्तरता दिन र सम्पन्न गर्नका लागि प्रयाप्त बजेट विनियोजनको व्यवस्था गरिएको छ। योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाइ भार कम पर्ने, योजना कार्यान्वन नियमन र अनुगमन गर्न सहज हुने, प्रशासनिक लागत घट्ने र योजना निर्माणको कार्य देखिने गरि काम हुने छ।
  • पदभार सम्हाल्ने क्रममा गरेको पहिलो निर्णय बमोजिम प्रादेशिक सडक सञ्जाल गुरुयोजना (PRNMP) मस्यौदाका लागी प्राविधिक सहयोग समिति गठन भै सो  प्रकृया अन्तिम चरणमा रहेको।यसबाट गण्डकी प्रदेश भित्रको सडक यातायात सञ्जालको योजनाबद्ध विकास गरी यातायात सेवाको भरपर्दो व्यवस्था गर्न, निर्माण भएका भौतिक संरचनाहरुको प्राथिमिकिकरण सहित मर्मत संभार गर्न  सडक छनौट, निर्माण, स्तरोन्नती, वर्गिकरण र प्राथमिकरण गर्न सहयोग हुने छ।
  • प्रदेश सरकार अन्तर्गतका सडकहरुमा बर्षायामको समयमा पनि नियमित यातायात सेवा संचालन तथा बाह्रै महिना सडक सुचरुको  लागि  आपतकालिन सडक मर्मत संभार कोष  खडा गरी सडक मर्मत सम्भार छिटो छरितो तवरले अनुगमन तथा निर्देशन बमोजिम काम भैरहेका छन।
  • यस मन्त्रालयमा कार्यभार सम्हाल्दा कायम भएका रुग्ण आयोजनाहरुको संख्या 47 वटा रहेकोमा मन्त्रालय तहबाट समन्वय र सहजिकारण गरेर 17 वटामा झारिएको छ। रुग्ण आयोजनाहरुको संख्या घटाउने प्रायास जारी राखेका छौ।
  • गण्डकी प्रदेश अन्तर्गतका मुख्य राजमार्ग, सहायक राजमार्ग र जिल्लाको मुख्य राजमार्ग सञ्जालहरुको बैकल्पिक बाटो पहिचान तथा मर्मत संभार गरी बर्षायाममा समेत तत्काल सडक सूचारु गर्न सडक विभाग,मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख, ट्राफिकहरुसंग आवश्यक समन्वय निर्देशन गरी कार्यप्रकृया अगाडी बढाइएको छ।
  • नयाँ आर्थिक वर्षमा थप ३०० किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने मन्त्रालयको लक्ष्य लिइएको  छ ।

      मितिः-2080/05/04

                                माननीय रेशम बहादुर जुग्जाली

                               मन्त्री भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय



Tags: