
दुर्घटना
एजेन्सी, ७ भदौ/ तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए ।
बस राति अन्दाजी एक बजे दुर्घटनामा परेको हो । घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।





