
प्रजापति पराजुलीको बेदनाको पोको
पोखरा, ३१ साउन/ देशमा भ्रष्टाचार र अनियमितताका घटना दिनहुँ सार्वजनीक भइरहेका छन् । तिनै विक्रितिलाई समेटेर वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले भ्रष्टाचार विरुद्धको सन्देशमूलक तीज गीत सार्वजनिक गरेका छन् ।
वेदनाको पोको भाग १३ मार्फत तीज गीत ल्याएका हुन् । ८ वर्षपछि बजारमा उनले ल्याएको गीतमा भ्रष्टाचारविरुद्ध तीज गीत प्रतियोगिता शैलीमा सन्देश प्रस्तुत गरेका छन् । गीतको निर्देशन, शब्द र लय गायक प्रजापतीको छ भने स्वर लोक तथा दोहोरी गायिका प्राज्ञ सरला पाण्डेको रहेको छ । कोरस स्वरमा तारा थापा र पार्वती जिसिको रहेको छ ।
प्रजापतीले पछिल्लोपटक २०७२ को तीजमा संविधान आएन भन्ने सन्देशमूलक गीत बजारमा ल्याएका थिए । २०३७ सालदेखि दोहोरी गाउन थालेका उनले यसअघि १२ वटा तीज गीत क्यासेट र युटुब मार्फत ल्याएका छन् भने त्यस भन्दा पहिले गीतको गीत किताबमा निकाल्दै आएका थिए ।
गीतमार्फत समाजमा रहेका भ्रष्टाचार कसरी कम गराउने भन्ने विषयमा देखाउन खोजिएको उनको भनाई छ । उनले गीतले आफ्ना छोरा छोरीलाई ४ लाइसेन्स दिलाए पुग्ने बताए । भ्रष्टाचार गरेर सम्पति कमाउनु पर्दैनन् उनको भनाई छ । भ्रष्टाचार गरेर आफ्ना सन्ततीलाई सम्पत्ति थुपार्नु भन्दा सिप, शिक्षा र क्षमता विकासमा ध्यान दिन पराजुलीले गीत मार्फत सन्देश दिएको उनको भनाई छ ।





