
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
पोखरा, ५ असोज/ पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार कृष्ण दवाडी पुरस्कृति भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले पुरस्कार दवाडीलाई प्रदान गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्कीका अध्यक्ष दवाडी करिब डेढ दशक देखि पोखरामा क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन् । समितिले प्रत्येक दुई/दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।
समितिले दुई जना व्यवसायीलाई पनि सम्मान गरेको छ । होटल शुभ साइतका संचालक शोभाकान्त चापागाई र होटल आरोहीका संचालक कृष्ण प्रसाद शर्मा सम्मान गरेको हो ।





