बिहीबार सुवास नेम्वाङ निधनको शोकमा सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०८० मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनीक बिदा दिने निर्णय गरेको हो ।

हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए । पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।

०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ ।



Tags: ,