
शव
काठमाडौं, ३० भदौ/ काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलले घटनाबारे प्रहरीलाई गएराति ११ः२३ बजे सूचना प्राप्त भएको बताए । तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो ।
उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए । हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन् ।
हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको एसपी ढुंगेलले बताए । घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।







