पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको रात्रिकालिन उडान शुरु

-


     क्लिक गण्डकी     
     भाद्र ३१ गते २०८० मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको

पोखरा, ३१ भदौ/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एयरलाईन्सले शनिबारबाट रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ ।

पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनि यतीले शनिबारबाट रात्रि उडान शुरु गर्न लागेको हो ।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान र पोखराबाट साँझ ६ः२० बजे उडान गर्ने तालिका रहेको छ ।

यतीले पोखराबाट दैनिक ६ वटा उडान गर्दै आएको छ । बुद्ध एयरले भने पोखरा नयाँ विमानस्थाल शुरु भएको केही समय पछि नै रातिकालीन उठाउन शुरु गरेको थियो ।



Tags: ,