
शव
पोखरा, ३० भदौ/ पोखरा महानगरपालिका १७ मा पावरहाउस नजिकै नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
५८ वर्षीया पवित्रा बराल नहरमा मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । उनले शुक्रबारदेखि घरबाट सम्पर्कविहीन भएकी बराल मृत फेला परेकी हुन् ।
स्थानियले ड्यामसाइड नजिकैको स्थानबाट मान्छे खसेको जस्तो देखिएको शुक्रबार नै जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो ।





