
file photo
पोखरा, २४ असोज/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरा २४ मान्द्रेढुंगा सरेको पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानी नै सरेको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन सहमति पाएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानमा समस्या देखीने भन्दै सराङकोट र तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ७ किलोमिटर पर मान्द्रेढुंगा सरेको थियो ।
केन्द्र, प्रदेश र स्थानीय सरकार नागरिक उड्यान सँगको समन्वय एंव सहयोगमा तोरीपानीको बाहकोट, खपौदी र चंखपुर क्षेत्रमा टेकअफ ल्याण्डिङ व्यवस्थापनका लागि आवश्यक पहल गरिएको भट्टराईले बताए । नेपाल हवाई खेलकुद संस्था (ना) २० औं साधारण सभामा उनले प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षीत बनाउन लागेको बताए ।
हवाई क्षेत्र संग जोडिएको प्याराग्लाइडिङको नियमक संस्था नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले लामो प्राविधक अध्ययन पछि तोरीपानी सम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमती दिएको हो । ना र क्यानले नेपालको प्याराग्लाइडिङलाई सुरक्षित गन्तव्यको रुपमा स्थापित लागि रहेका क्यानका फ्लाइट सेफ्टी विभागका प्रमुख राजु श्रेष्ठले बताए ।
पोखरा ताल र हिमालको मात्रै परिचय दिएको नभै त्यसमा प्याराग्लाइडिङ समेत थपिएको व्यवसायीहरु बताउ छन् । पोखरा आउने करिब ५० प्रतिशत पर्यटकहरु प्याराग्लाइडिङमा रमाउने गर्दछन् । कोरोना अगाडी दैनिक एक हजार भन्दा बढि पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेका भएपनि अहिले आएर दैनिक १ सय जनाले प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीको भनाई छ ।
पोखरामा ६२ कम्पनीहरु ३९९ पाइलटहरु छन् । पोखरा महानगरपालिकाको स्वामीत्वमा रहेको मान्द्रेढुङ्गा टेकअफ र पामे ल्याण्डिङका लागि जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । मनोरञ्जनात्मक उड्डयन व्यवसायलाई व्यवस्थित गर्न छुट्टै नीतिगत व्यवस्था गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसंग पहल गर्दै अध्यक्ष भट्टराईले बताए ।





