काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो

-


     क्लिक गण्डकी     
     असाेज १८ गते २०८० मा प्रकाशित


नेपाल एअरलाइन्स

नेपाल एअरलाइन्स

काठमाण्डौ, १८ असोज/ काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १ घण्टामै बुधबारराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ ।

बुधबार राति १२ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।



Tags: