पोखरा उडेका दुई जहाज काठमाडौं फर्किए

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८० मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, १५ असोज/ पोखराका लागि काठमाडौंबाट उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल जानकारी दिएको छ ।