पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८० मा प्रकाशित


पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो

पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो

पोखरा, १६ असोज/ पोखराको १७ पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गर्ने क्रममा सडक भत्किएको हो ।

ओभरलोडका कारण सडक भासिएको स्थानियको दावी छ । भासिएको सडकमा फसेको टिप्परलाई ट्राफिकको सहयोगमा निकाल्नेको छ ।

पोखरा १७ तितेपानी हुँदै शान्ति स्तुप निस्किने सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निषेध गरिएको थियो ।

तर मंगलबार भवन निर्माणका लागि बालुवा बोकेको टिप्पर जाँदा सडक भासिएको प्रहरीले जानकारी दिए ।



Tags: