बेगनास तालमा युवक मृत फेला

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८० मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

पोखरा, १६ असोज/ कास्कीको बेगनास तालमा प्यूठानका एक युवक मृत फेला परेका छन् ।

प्यूठान मल्लरानी गाउँपालिका–४ खलंगाका २२ वर्षीय अनिश श्रेष्ठ बेगनास तालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ अलैची कुना स्थित बेगनास तालमा तैरियको अवस्थामा श्रेष्ठको शव फेला परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

घटनास्थलको अनुसन्धान अगाडी बढाएको र शवको पोष्टमार्टका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।