
रोजिना प्रधान राई
पोखरा, २९ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा महिला उपाध्यक्षमा रोजिना प्रधान राईले उमेद्वारी दिएकी छन् ।
सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा राईले उम्मेदवारी दिएका हुन् ।
बेलायतमा रोजिनाले महिला अभियन्ता, सामाजिक ब्यक्तित्व र व्यवसायी लगाएतका क्षेत्रमा योगदान छ । उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वद्धनमा लाग्ने एजेन्डा छ ।
च्यारिटी संस्था रोजिहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताईन् ।





