समाचार

पोखरामा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना

कुकुर
पोखरा, २३ असोज/ घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने सुचना जारी गरेको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । एनले घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको जनगुनासो आएपछि महानगरले निगरानी सुरूको बनाईन् । कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरमा खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । उनले… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल र माछापुच्छे« बैंकबीच सम्झौता

मणिपाल शिक्षण अस्पताल र माछापुच्छे् बैंकबीच सम्झौता
पोखरा, २३ असोज/ पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छे« बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ«े बैक बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

विन्ध्यवासिनी मन्दिर
पोखरा, २३ असोज/ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा… पुरा पढौ

इजरायलमा नेपालीको मृत्युः मंगलबार राष्ट्रिय शोक घोषणा, परिवारलाई १०/१० लाख

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २२ असोज/ इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गरेको हो । इजरायलमा रहेका नेपाल आउन इच्छुक नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय गरेको छ । त्यसै गरी मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ । यस अगाडी एक मन्त्रीले सार्वजनिक बिदा दिने भने पनि विदा नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा… पुरा पढौ

एनआरएनए महिला उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

रोजीना प्रधान राई
एजेन्सी, २२ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) २०२३/२५ लागि महिला उपाध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ११ औ महाधिवेशनमा महिला उपाध्यक्षमा राईले उमेद्वारी दिने घोषणा गरेकी हुन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशन हुँदैछ । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने, एनआरएनए सीप बैंक लगाएतका कार्यक्रमलाई प्रथामिकता दिने बनाइन् । यस्ता छन् उनले गरेका कामहरु रोजीहिरा फाउण्डेशनकी समेत अध्यक्ष… पुरा पढौ

पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही

पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही
पोखरा, २३ असोज/ कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाइ) गरिएको मोटरसाइकललाई कारवाही थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कास्की प्रहरीले पोखरा विभिन्न ठाउँबाट २ दर्जन बढी कारवाही गरेको हो । पर्व नजिकिँदै गर्दा प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत मोडिफाइ सवारी साधन माथि निगरानी बढाएको छ । आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले जानकारी दिए । मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउँदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र… पुरा पढौ

बैंक खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजाय

काठमाडौं, २१ असोज/ बैंकमा रहेको आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव राखिएको हो । चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ । यसअघि चेक अनादरमा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था थियो । अब प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि… पुरा पढौ

इजरायल आक्रमणमापरी १० नेपाली मारिए

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २१ असोज/ प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको भएको छ । तीन जना घाइते छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूतबासले जनाएको छ । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६,… पुरा पढौ

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण

बिद्या भट्टराई
काठमाडौं, २१ असोज/ प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ… पुरा पढौ