समाचार

पोखरामा करेन्ट लागेर महिलाको मृत्यु

मेनुका बस्नेत थापा
पोखरा, २५ साउन/ पोखरा महानगरपालिका १८ सराङकोट गोठादीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो । उनले कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक छोरा ११ बर्षिय र छोरी ७ बर्षिय रहेका छन् । पुरा पढौ

पोखरामा सुन सहित महिला पक्राउ

पोखरामा सुन सहित महिला पक्राउ
पोखरा, २५ साउन/ पोखरा ९ बसपार्कबाट बैदाम प्रहरीले एक जना महिलालाई सुन सहित पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार झापा बिर्तामोड नगर पालिका १ घर भै हाल काठमाडौ जोरपाटी बस्ने बर्ष ४५ कि कल्पना गुरुङलाई पक्राउ गरेको हो । बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको डिएसपी बेद प्रकाश जोशीको कमान्डको टोलिले उनलाई पक्राउ गरेको हो । निजको शरीर तलास गर्ने क्रममा छातिमा सेतो टेपले बेरि ब्रा… पुरा पढौ

मातृभाषिक अधिकार कार्यान्वयन गरः तमु धिं नेपाल

मातृभाषिक अधिकार कार्यान्वयन गरः तमु धिं नेपाल
पोखरा, २५ साउन/ तमु धिं नेपालले गण्डकी प्रदेशमा तमु भाषालाई सरकारीका कामकाजी भाषा बनाउनुपर्ने, मातृभाषामा पठन पाठन र तमु गाँउठाँउको नाम पुनः तमु भाषामै नामाकरण हुनुपर्ने निप्कर्ष निकालेको छ। संविधानले प्रदान गरेको अधिकार समेत हालसम्म कार्यन्वयन नभएकाले व्यवहारमा प्रयोग गर्न पाउनुपर्ने निर्णय गरेको हो । तमु धिं नेपालले गण्डकी प्रदेशमा तमु भाषालाई सरकारीका कामकाजी भाषा बनाउनुपर्ने, मातृभाषामा पठन पाठन र तमु गाँउठाँउको नाम पुनः तमु भाषामै नामाकरण हुनुपर्ने निप्कर्ष निकालेको छ। २९ औं विश्व आदिवासी दिवसको अवसरमा तमु धिं नेपालद्धारा… पुरा पढौ

पोखरा महानगरमा कर बढ्यो, पोखरामा किन बढ्यो कर -मेयर धनराज आचार्य (भिडियो सहित)

पोखरा महानगरमा कर बढ्यो, घटाउन माग गर्दै ज्ञापनपत्र
पोखरा, २४ साउन/ पोखरा महानगरपालिकामा आज भोली दैनिक जसो गुनासो लिएर आउनेहरुको एउटै छ कर किन बृद्धि भएको छ । तर महानगरपालिकाको जवाफ करको दर वृद्धि भएको छैन । जग्गाको मूल्यांकन बढेसँगै करको भारी भने बढेको सर्वसाधारण बताउ छन् । पोखरा महानगरपालिकामा सम्पत्तिको मूल्यांकनको मूल्य बढ्दा सम्पत्ति कर अखिल्लो आर्थिक वर्षभन्दा कर बढेको छ । धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको छ ।महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक… पुरा पढौ

एक्सपर्टको २० औं वार्षिकत्सवमा पोखरामा रक्तदान

एक्सपर्टको २० औं वार्षिकत्सवमा पोखरामा रक्तदान
पोखरा, २४ साउन/ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्बिसेज पोखराले २० औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले शुभकामना दिए । पहिलो रक्तदाता रोशन थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थापाले एक्सपर्ट शैक्षिक परामर्श सँगै सामाजिक उत्तरदायित्वमा समेत क्रियाशिल रहनु सकरात्मक भएको उल्लेख गरे । उनले उच्च शिक्षा अध्ययनका… पुरा पढौ

सेतीको पुलमा साइकल चिप्लीदा सेती नदिमा खसेर एक जना बेपत्ता

सेतीको पुलमा साइकल चिप्लीदा सेती नदिमा खसेर एक जना बेपत्ता
पोखरा, २३ साउन/ पोखरा २९ पटनेरीस्थित सेती नदिमा खस्दा एक जना बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदिको पुलबाट खस्दा बेपत्ता भएका हुन् । पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा जादाँ चिप्लीएर मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजि थालेको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको… पुरा पढौ

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता

पोखरा ट्रेड मलको ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकता प्रतियोगिता
पोखरा, २३ साउन/ पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले ११ औ स्थापना दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । साउन २४ गते पोखरा ट्रेडमा सामुदायिक विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता हुन लागेको प्रालिका अध्यक्ष मीनराज काफ्लेले जानकारी दिए । पोखरा ः पर्यटन र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सन्तोष कुमार घिमिरेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय सान्त्वना पुरस्कार क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँ… पुरा पढौ

कसरी संभब भयो पोखराको फोहोर व्यबस्थापन

पोखरा महानगरले मंगलबार लामेआहालमा फोहर व्यवस्थापन गर्ने
पोखरा २३ साउन/ बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो । फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु… पुरा पढौ

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा

आँखा पाक्ने रोगको प्रकोपका कारण पोखराका विद्यालय २६ गते सम्म बिदा
पोखरा, २३ साउन/ आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले साउन २६ गते सम्म सार्बजनिक बिदा दिएको छ । महानगरको शिक्षा शाखाले मंगलबार विज्ञप्ती जारी गर्दै महानगरपालिकाका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा साउन २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख गरेको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले अझ फैलन रोक्नका लागि बुधबारबाट ३ दिनका लागि विद्यालय बिदा दिएको महानगरका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिए । पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक… पुरा पढौ

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल बुधबारदेखि ३ दिन बन्द

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब
पोखरा, २२ साउन/ आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगका कारण विद्यार्थी आउने क्रम घटेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुबेदी जानकारी दिए । प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम… पुरा पढौ