कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने

-

     क्लिक गण्डकी     
     कार्तिक १० गते २०८० मा प्रकाशित

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने

पोखरा, १० कात्तिक/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने जारी गरेको हो ।

स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न पर्यटन सेवा शुल्क लिन लागेको अर्यालले बताए ।

शुल्क लिने बारे गाउँपालिकाको बैठकले निर्णय गरेको उनले बताए ।