समाचार

कास्की प्रशासनले भन्यो ग्यास १६६० मा विक्रि गर्न पर्ने, बढि लिने र भ्याट बिल नदिएमा कार्वाही

कास्की प्रशासनले भन्यो ग्यास १६६० मा विक्रि गर्न पर्ने, बढि लिने र भ्याट बिल नदिएमा कार्वाही
पोखरा, ३१ साउन/ जिल्ला प्रशासन कार्यालय कास्कीले एलपि ग्यास १६ सय ६० मा विक्रि गर्न निर्देशन दिएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल आयल निगमले एलपि ग्यासको मुल्य घटाए पछि पनि क्रिकेताले नघटाएको भन्दै घटेको मुल्यमा विक्रि नगरे कार्वाही गर्ने जनाएको छ । विज्ञप्तीमा भनिएको छ कास्की जिल्लामा शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत विभिन्न कम्पनीका एलपी ग्यासहरु खाना पकाउने तथा दैनिक उपभोगमा आईरहेको व्यहोरा सर्व विदितै छ । सो सम्बन्धमा नागरिकको दैनिक जिवनमा प्रत्यक्ष सरोकार… पुरा पढौ

प्रजापति पराजुलीको बेदनाको पोको १३, भ्रष्टाचार विरुद्धको तीज गीत (भिडियो सहित)

प्रजापति पराजुलीको बेदनाको पोको
पोखरा, ३१ साउन/ देशमा भ्रष्टाचार र अनियमितताका घटना दिनहुँ सार्वजनीक भइरहेका छन् । तिनै विक्रितिलाई समेटेर वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले भ्रष्टाचार विरुद्धको सन्देशमूलक तीज गीत सार्वजनिक गरेका छन् । वेदनाको पोको भाग १३ मार्फत तीज गीत ल्याएका हुन् । ८ वर्षपछि बजारमा उनले ल्याएको गीतमा भ्रष्टाचारविरुद्ध तीज गीत प्रतियोगिता शैलीमा सन्देश प्रस्तुत गरेका छन् । गीतको निर्देशन, शब्द र लय गायक प्रजापतीको छ भने स्वर लोक तथा दोहोरी गायिका प्राज्ञ सरला पाण्डेको रहेको छ । कोरस स्वरमा… पुरा पढौ

गण्डकी प्रदेशमा ७ महिनापछि विषयगत समिमित गठन

गण्डकी प्रदेशसभा
पोखरा, ३१ साउन/ गण्डकी प्रदेश सभामा ७ महिनापछि विषयगत समिति गठन भएको छ । प्रदेश सभाको नयाँ नियमावली तयार पारेर सोही अनुसार समिति गठन गरेको हो । मंगलबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले समितिमा रहने सदस्यहरुको नाम बाचन गरे । समिति र सदस्यको प्रदेशसभाले स्वीकृत प्रदान गरेको छ । गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५ र १५ जना र एउटामा १३ जना राखिएको छ । ४ मध्ये २… पुरा पढौ

पोखराका ट्याक्सी भदौ १ देखी अनिवार्य मिटरमा चल्नुपर्ने

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, ३१ साउन/ पोखरामा सञ्चालन हुने सबै ट्याक्सीहरु अनिवार्य मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौं १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ । अनिवार्य रुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिए । मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारवाही हुने रिज्यालले बताए । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा… पुरा पढौ

पोखरामा स्कूल हिडेका ३ जना बालिका हराए

पोखरामा स्कूल हिडेका ३ जना बालिका हराए
पोखरा, २९ साउन/ पोखराबाट एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । साउन १९ गते विद्यालय जान्छु भनी घरबाट हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएको प्रहरीले जानकारी दिएको छ । बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १४ वर्षीया राधिका परियार र १३ वर्षीया एलिसा परियार सम्पर्क विहिन भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निबेदन दिएका छन् । बेपत्ता भएकाहरुको खोजी भएपनि अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना… पुरा पढौ

कास्कीका सबै विद्यालयहरुमा मंगलबार (भोली) सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २९ साउन/ कास्कीका सबै विद्यालयहरुमा मंगलबार (भोली) सार्वजनिक बिदा दिएको छ । तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेँका अवसरमा कास्की जिल्लाभरका सबै शैक्षिक संस्थामा मंगलबार साउन ३० गते सार्वजनिक बिदा हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई कास्कीले आज जिल्लास्थित सबै विद्यालयहरुमा बिदाका लागि सूचना जारी गरेको हो । पोखरा महानगरपालिका, मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«े गाउँपालिकाका सबै शैक्षिक संस्थालाई स्थानीय बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरिएको समन्वय इकाईले जनाएको छ । स्थानीय तहहरुले सूचना… पुरा पढौ

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड (फोटो फिचर)

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजन हरु भिड तस्बिरः सञ्जय शाक्य
पोखरा, २९ साउन/ पोखरामा साउनको सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड् थियो। ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ । बोलबम… पुरा पढौ

एनवाईईएफ पोखराद्धारा युवा दिवसमा अन्तरक्रिया

एनवाईईएफ पोखराद्धारा युवा दिवसमा विद्यार्थी सगँ अन्तरक्रिया
पोखरा, २९ साउन/ अगस्ट १२ तारिख अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । विश्वभर जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । दिवसको अवसर पारेर पोखरामा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ पोखरा) ले पोखराका युवा उद्यमीहरु तथा विभिन्न छात्र, छात्रा सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले उनीहरुसँग नेपालमा युवा उद्यमीले व्यवसायमा भोग्नुपरेको चुनौती र अवसरहरूका बारेमा अन्तक्रिया गरेका हुन् । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा… पुरा पढौ

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने
पोखरा, २९ साउन/ पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तीजको अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८… पुरा पढौ

कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकताः मुख्यमन्त्री पाण्डे

कागवेनी
पोखरा, २९ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । गएरातीको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकि असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमवार बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए ।… पुरा पढौ