समाचार

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा बिजयी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी
पोखरा, ३ कात्तिक/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा विजयी भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएकोमा विजयी भएका हुन् । आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि सहसंयोजक पदमा विजयी भएका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१ –२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन्… पुरा पढौ

नागढुंगामा कार दुर्घटना

दुर्घटना
काठमाडौं, ३ कात्तिक/ काठमाडौं नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा केही तल दुर्घटना भएको हो । बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान सडकमा निकालिएको छ । दुर्घटनामा घरमा सबार सामान्य घाइते भएपनि कोही गम्भीर घाइते नभएको प्रहरीको भनाई छ । पुरा पढौ

गण्डकी प्रदेशमा चाडपर्व सुरक्षा योजना, २८ ठाउँमा मापसे चेकिङ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, २ कात्तिक/ गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडी बढेको छ । दसैँ, तिहार, छठलाई लक्ष्त गरेर गण्डकी प्रदेशका २८ ठाउँमा मापसे चेकिङको व्यवस्था गरको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोश शर्माले जानकारी दिए । उनले पोखरा लगातका ठुला सहरहरुमा दुई भन्दा बढि ठाउँ र अन्य जिल्लामा कम्तीमा एक ठाउँमा दैनिक मापसे (मादक पद्धार्थ सेवन) चेकिङको व्यस्था मिलाएको बताए । उनले चार्डपर्वमा बढि मादक पद्धार्थ सेवन बढि हुनेर सवारी दुर्घटना बढि हुने जोखी हुने भन्दै दैनिक चेकिङको… पुरा पढौ

पोखरामा अनुगमनः ६५ हजार जरिवाना, १२ हजारको मासु नष्ट

पोखरामा अनुगमनः ६५ हजार जरिवाना, १२ हजारको मासु नष्ट
पोखरा, २ कात्तिक/ पोखरा महानगरपािलकाले बिहीबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट,… पुरा पढौ

गण्डकीमा मन्त्री, सांसद र स्वकिय सचिबले बुझे ५० लाख बढि भत्ता

गण्डकी प्रदेशसभा
पोखरा, १ कात्तिक/ गण्डकी प्रदेशका मन्त्री, सांसद र तीनका स्वकीय सचिवहरुले दसैँ भत्ता बुझेका छन् । प्रदेशसभाबाट सभामुख र उपसभामुखसहित ५३ सांसद र ५२ जना स्वकीय सचिवहरुको दसैँभत्ता उनीहरुको बैंक खातामा जम्मा भएको संसद सचिवालयले जनाएको छ । केही स्वकीय सचिवहरु नियुक्त भएको ६ महिना पूरा नभएका कारण दसैँ खर्च नपाएको उपसचिव प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाबाट पारित भएको प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सम्बन्धि कानुनी स्केलका आधारमा एक महिनाको तलब बराबर चाडपर्व भत्ता दिइएको बताए ।… पुरा पढौ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, १ कात्तिक/ पोखरामा फेवातालमा डुंगा चलाउने चालकहरूको बुधबार मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए । उनले डुंगामा सवार… पुरा पढौ

सिमित साधनस्रोतमा पनि प्रहरीको भुमिका महत्वपुर्ण छ- मुख्यमन्त्री पाण्डे

प्रहरीको भुमिका महत्वपुर्ण छ मुख्यमन्त्री पाण्डे, रेग्मी उत्कृष्ट अभिलेख व्यवस्थापन
पोखरा, ३० असोज, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । “६८ औं प्रहरी दिवस २०८०” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा पाण्डेले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताए । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख… पुरा पढौ

म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख

डिएसपी मदन कुँवर
पोखरा, ३० असोज/ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक… पुरा पढौ

एनआरएनएको महिला उपाध्यक्षमा रोजिना प्रधान राईको उमेदवारी

रोजिना प्रधान राई
पोखरा, २९ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा महिला उपाध्यक्षमा रोजिना प्रधान राईले उमेद्वारी दिएकी छन् । सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा राईले उम्मेदवारी दिएका हुन् । बेलायतमा रोजिनाले महिला अभियन्ता, सामाजिक ब्यक्तित्व र व्यवसायी लगाएतका क्षेत्रमा योगदान छ । उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन… पुरा पढौ

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी
पोखरा, २९ असोज/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा उमेदवारी दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएका हुन् । सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१ -२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि… पुरा पढौ