समाचार

सशस्त्रका एसपी थपलियाको निधन

सुमन थपलिया
भदौ, २ /पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको छ । एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । शनिबार बिहान ११ः०५ मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए । कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए । त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । पुरा पढौ

नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल

नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल
पोखरा, २ भदौ/ पोखरा ७ नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल चयन भएका छन् । शनिबार भएको वार्षिक साधारण सभा एवं चौथो अधिबेशनले बराललाई पुर्न अध्यक्ष चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना गौतम पौडेल, सचिबमा दामोदर पराजुली, कोषाध्यक्षमा इन्दिरा बराल चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा श्रीराम थापा, रामचन्द्र देवकोटा, निर्मला अर्याल बराल, विष्णु पाण्डे, पार्वती पौडेल, शैलेस बराल रहेका छन् । निर्वाचन समितिका संयोजकमा विष्णु प्रसाद बराल, सदस्य डम्बरराज बराल र संजय पौडेलले समिति निवोरोध भएको… पुरा पढौ

कास्कीमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु

दुर्घटना
पोखरा, २ भदौ/ कास्की रुपा गाँउ पािलका ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । पोखरा ३२ बाट रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटर साइकल सडकबाट करिब ९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामापरी मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाँउ पालिका ६ बस्ने २९ बर्षिय कृष्ण गुरुङ र पछाडी सवार २४ बर्षिय अशोक गुरुङ मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा… पुरा पढौ

पोखरामा मिटरमा गुड्न थाले ट्याक्सी, मन्त्री निस्के निरिक्षणमा

पोखरामा मिटरमा गुड्न थाले ट्याक्सी, मन्त्री निस्के निरिक्षणमा
पोखरा, १ भदौ / पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो । ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैं सडकमा निस्किनुभएको थियो । पोखराको औद्योगिक… पुरा पढौ

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम
पोखरा, १ भदौ/ सकारात्मक सोचको विकासका लागि युवाहरूमा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्ङद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम भएका छन् । गण्डकी प्रदेशभरिबाट ९८ कविताहरू दर्ता भएका थिए भने तीमध्ये लेखाइबाट छनोट भएका ७३ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । सहभागी कविताहरू सकारात्मक सोचको सेरोफेरोमा रहेर लेखिएका थिए । प्रथम भएका तिमिल्सिनाले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराईले द्वितीय स्थान… पुरा पढौ

गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट

गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट
पोखरा, १ भदौ/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंले गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइलाई देशभरिकै सर्वोत्कृष्ट इकाइका रुपमा सम्मान गरेको छ । मन्त्रालयले आयोजना गरेको सामाजिक सेवा ईकाइ, जेरीयाट्रिक र ओसिएमसि कार्यक्रमको समिक्षा कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तगरगतको सामाजिक इकाइलाई घोषण गर्दै सम्मानपत्र र दोसल्लाले केन्द्र प्रमुखलाई सम्मान ग¥यो । मन्त्रालयको प्राथमिकतायुक्त कार्यक्रम सामाजिक सेवा एकाईद्धारा लक्षित वर्गका सेवाग्राहीहरुलाई प्रदान गरिएको उत्कृष्ट सेवाका लागि सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ । पुरा पढौ

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ- प्रमुख आचार्य

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य
पोखरा, ३२ साउन/ फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ । पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “खोलाको नाप… पुरा पढौ

पोखरामा वर्षा, कतै घर पहिरोमा, कतै पुल धरापमा

पोखरामा वर्षा, कतै घर पहिरोमा, कतै पुल धरापमा
पोखरा, ३२ साउन/ पोखरा हिजो साँझ परेको वर्षाका कारण ठाउँमा ठाउँमा क्षति भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ ठुलाखेतमा पहिरो जाँदा घर र गोठ तथा वडा नम्बर २५ मा सुईखेत सेरामा पुल र बाटोमा क्षति पुगेको छ । ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ पहिरोमा बगेको छ । घरको तलबाट पहिरो जादाँ घरका दुई वटा कोठा भत्किएका हुन् । राति करिब ११ पानी परेका बेला पहिरो गएको विष्णुप्रसाद पौडेलले बताए । https://www.youtube.com/watch?v=ydvGFb1o_BI&ab_channel=GandakiNews… पुरा पढौ

पोखराको ठुलाखेतमा पहिरो, घर र गोठ बग्यो

पोखराको ठुलाखेतमा पहिरो, घर र गोठ बग्यो
पोखरा, ३२ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा गएरातिको वर्षाका कारण पहिरो जाँदा घर र गोठ भत्कीएको छ । ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ सहित बहिरो सगँ बगेका छन् । एउटा बेड रुप हो भने एउटा किचन हो । पहिरोका कारण बेड रुपमा भएका दराज, खाट र किचनमा भएका सबै भाँडा पहिरोमा परेको बलराम पौडेलले जानकारी दिए । पहिरोका कारण ठुलाखेतबाट घाटिछिना जाने सडक अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नम्बर २३ का… पुरा पढौ

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा
पोखरा, ३१ साउन/ फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी पिल्लरहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको ५०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी रहेको छ । पहिलो चरणमा खोला भागको… पुरा पढौ