पोखरामा ६ जना जुवाडे पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८० मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १९ कात्तिक/ तास खेलिरहेको अवस्थामा पोखराबाट ६ जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ४ मानवअधिकार चोक स्थित यमबहादुर गुरुङले सञ्चाल गरेको किराना पसलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १५ रामबजारका ३२ वर्षीय यमबहादुर गुरुङ, पोखरा १० फूलबारीका ३६ वर्षीय भोजबहादुर गुरुङ, राबजारकै गुमान गुरुङ छन् ।

यस्तै, पोखरा १ बगरका ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटनका ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारिपाटनकी ४० वर्षीय शान्ति गुरुङलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४६ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ । सबैलाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।