
भूकम्प
पोखरा, १८ कात्तिक/ बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका क्षेत्रका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्नस्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ ।







