
दीपक अधिकारी
पोखरा, १८ कात्तिक/ क्यानडा बस्दै आएका पोखराका दीपक अधिकारीले १ लाख डलरको चिट्ठा जितेका छन् ।
पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रुपैयाँ) पुरस्कार जितेका हुन् ।
दुई वर्षअघि क्यानडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेका थिए । उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरबाट चिट्ठा किनेका थिए ।
नेपालमा पर्यटन व्यवसायमा आबद्ध थिए । उनले टान पोखराको अध्यक्ष भएका थिए ।







