
पोखरा महानगरको टोली राहत लिएर जाजरकोट हिँड्यो, ५० लाख राहत घोषणा
पोखरा, १८ कात्तिक/ पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ ।
महानगरबाट दुई जना वडाध्यक्ष १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगर पालिका मयेर धनराज आचार्यले जानकारी दिए ।
टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य छन् । महानगरपालिका जनप्रतिनिधिहरुको १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको छ । अहिले त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी लिएर टोली हिडेको उनले बताए ।
नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको १ महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजारको सामग्री पठाइएको आचार्यले बताए । पोखरा महानगरपालिकाले ५० लाख राहत दिने घोषणा गरेको छ ।







