समाचार

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो
पोखरा, ९ असोज/ सोमबार राती पोखरा ५ मालेपाटमा दुर्घटना भएको छ । ग ३ च ८०४६ नम्बरको सवारी साधन पोखरा ५ विचार चोकमा दुर्घटनामा परेको हो । लक्ष्मीनारायण मन्दिरको रेलिङ भत्काउदै गाडी ब्यक्तिको घरको करिडोरको च्यानल गेटमा ठोक्किदा ठूलो आवाज आएको थियो । तिव्र गतिको गुडाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । राती करिब २ बजे दुर्घटना हुदाँ ३ जना सवार मध्य चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । करिब ४५ फिट मुलबाटो छोडेर घरको च्यानल गेटमा… पुरा पढौ

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, ८ असोज/ पोखरामा बजार अनुगमन समिति कास्कीले बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार अनुगमनको क्रममा पोखरा ७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना गरेको छ । म्याद गुज्रेका सामान विक्री गरी उपभोक्तामाथि ठगी गरेको समितिले १ लाख रुपैयाँ जरिवाना तोकेको हो । समितिले स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मीट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेट लगाएतका करिब २८ हजार ९ सय ६० रुपैयाँ बराबरको म्याद गुज्रेको सामान नष्ट… पुरा पढौ

पोखरामा बजार अनुगमन, उपभोक्ता ठग्ने भागिरथ स्टोर्सलाई ५० हजार जरिवाना

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, ७ असोज/ जिल्ला अनुगमन समिति कास्कीले चार्डपर्व शुरु भए सँगै अनुगमनलाई पनि तिब्रता दिएको छ । आइतबार अनुगमनका क्रममा पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी ठगी गरेको पाइएपछि ठाउँका ठाउँ जरिवाना गरेको हो । स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खानेतेल सहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहेको… पुरा पढौ

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो

पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका १८ स्थित रातामाटे डाँडाबाट कार खसेर फेवातालमा पुगेको छ । आइतबार बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार फेवातालमा खसेको प्रहरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण कार दुर्घटना भएको प्रहरीको भनाई छ । कारलाई क्रेनको प्रयोग गरि निकालिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई

सुष्मा पौडल
पोखरा, ७ असोज/ नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए । प्रतिभा छनोटका लागि समूहका संस्थापक सल्लाहकार छन्दनायक वियोगीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला… पुरा पढौ

फिर्केखोला प्रतिवेदन प्रमुख आचार्यलाई बुझायो, फिर्केखोला माथि १६० संरचना

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य
पोखरा, ६ असोज/ फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनु भएको हो । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहनुभएको छ । प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक… पुरा पढौ

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन
पोखरा, ६ असोज/ लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोज कुमार अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदान महादान भएको भन्दै रक्तदान गर्दा त्यसले अरु विरामीले नयाँ जीवन पाउने बताए । उनले… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित
पोखरा, ६ असोज/ पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्येक २/२ वर्षमा प्रदान गर्दै आएको पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघ पवनकुमार प्रजापति र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले सम्मान गरे । पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा सम्मान गरेको हो । दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा… पुरा पढौ

बसुन्धरा पार्क कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह

बसुन्धरा पार्क कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह
पोखरा, ५ असोज/ सरोकारवालाले फेवाताल किनारको बसुन्धरा पार्कमा कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० लाई पार्कको १० रोपनी जग्गा ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएपछि स्थानीयले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको… पुरा पढौ

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
पोखरा, ५ असोज/ पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार कृष्ण दवाडी पुरस्कृति भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार, सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले पुरस्कार दवाडीलाई प्रदान गरे । नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्कीका अध्यक्ष दवाडी करिब डेढ… पुरा पढौ