समाचार

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पोखरा, १३ कात्तिक/ पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारको छापा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १३ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा आएर निमार्ण चरणका कागजहरु र लेखाका कागजहरु अनुसन्धान गरेको हो । आयोगको टोलीले घटस्थापना अघि छापा मारिरेको थियो । गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटा भन्दा बढि उजुरी अख्तियारमा परेरे पछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थलको निमार्ण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको… पुरा पढौ

पोखरामा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर

पोखरामा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर
पोखरा, १२ कात्तिक/ पोखरा २२ पुम्दीभुम्दी तर्फ जादै गरेको नगरबस दुर्घटना भएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ पुम्दीभुम्दी तर्फ जाँदै गरेको बस घैयाखेतमा दुर्घटना भएको हो । बसमा सवार ३० जना यात्रु मध्य ११ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भएको छ । पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलागि ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ… पुरा पढौ

पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन ३५ दिने सूचना

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका
पोखरा, ११ कात्तिक/ पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना प्रकासन गरेको छ । शुक्रबार सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिए छ । सूचनामा ३५ दिन भित्र पूर्णरुपमा हटाउनु पर्ने र नहाएमा महानगरपालिका आफैले हटाउने उल्लेख छ । महानगरले हटाउनु परेमा लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले तिर्नु पर्ने उल्लेख छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक समितिले केही दिन पहिले प्रतिवेदन महानगरपालिकालाई बुझाइएको थियो । “फिर्केखोलाकोे खोलाघर नापजाँच… पुरा पढौ

बालकको उद्धार गर्न जाँदा डिएसपी सुन्दर तिवारी माथि चक्कु प्रहार

सुन्दर तिवारी
बाँके, १० कात्तिक/ इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु प्रहार भएको छ । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो प्रहार गरेका थिए । चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएका छन् । थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी… पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने
पोखरा, १० कात्तिक/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने जारी गरेको हो । स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न पर्यटन सेवा शुल्क लिन… पुरा पढौ

तालबाराही मन्दिरको पुनः निर्माण शुरु, गुरु योजनाका लागि ९ करोड लाग्ने

तालबाराही मन्दिरको पुनः निर्माण शुरु, गुरु योजनाका लागि ९ करोड लाग्ने
पोखरा, ९ कात्तिक/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलन्यास गरेका छन् । उनले पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बनाउनु पर्ने बताए । २०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी… पुरा पढौ

स्कुटर दुर्घटना हुदाँ श्रीमतीको मृत्यु, श्रीमान घाइते

दुर्घटना
हेटौंडा, ९ कात्तिक/ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ… पुरा पढौ

पोखरामा कृषि एम्बुलेन्सः किसानलाई दाम, पोख्ररेलीलाई तरकारी सँग माम्

पोखरामा कृषि एम्बुलेनसः किसानलाई दाम, पोख्ररेलीलाई तरकारी सँग माम्
पोखरा, ८ असोज/ पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज संकलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि साम्रगीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स पनि सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकार बजार पुगेपछि उपभोक्ताले ताजा तरकारी खान पाएका छन् । देशका अधिकांश किसानहरु उत्पादित तरकारी र फलफुल सामग्रीले बजार नपाउदा सडकमा फोलेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल मंहगोमा किन्न बाध्यता छ । किसानले… पुरा पढौ

पोखरा र भरतपुर महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्डको काम चल्दै

पोखरा महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्डको काम चल्दै
सागर राज तिमिल्सिनापोखरा, ७ कात्तिक/ पोखराको सडकबाटै सेता हिमालहरु हेर्न थाल्यो पोलमा टाङगिएका तार बाधक बन्ने । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्योकि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु आगडी देखी हाल्ने । पोखरामा तारहरुले कुरुप बताए पछि त्यसैको निदानका तार अन्डरग्राउण्ड गर्न पोखरा र भरतपुरमा शुरु भएको छ । नेपाल विद्युत प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार अन्डरग्राउण्ड काम अगाडी बढेको छ । पहिलो चरणमा पोखरा अन्तराष्ट्रि बिमानस्थल देखी लेकसाईड सम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउण्डको काम… पुरा पढौ