राहतका सामग्री लिएर चिनियाँ दुई जहाज पोखरा आउँदै

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०८० मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, २२ कात्तिक/ भूकम्पपीडितलाई दिने राहतका सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । चीन सरकारले दिने सहयोग सामग्री लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ ।

पोखराबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामग्री गृहमन्त्रीलाई हस्तान्तरण गर्ने छन् ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज उड्नेछ ।



Tags: