
राष्ट्रपति रामचन्द्र पौडेल
पोखरा, २० कात्तिक/ राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरेका छन् ।
भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्ररेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण स्थगित गरेको पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए ।
नेपाल सरकारको पेरिस – सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियस भित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रको निमन्त्रणामा जान लागेका थिए । नोभेम्बर ९ देखि ११ तारिखसम्म तय थियो ।





