#रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरे

राष्ट्रपति रामचन्द्र पौडेल
पोखरा, २० कात्तिक/ राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्ररेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण स्थगित गरेको पोखरेलले… पुरा पढौ

अहोरात्र गुरुकुलको विकासमा – ‘रामचन्द्र’

रामचन्द्र पौडेल
रवीन्द्र माकाजूपोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रम पोखराको शैक्षिक ज्योति फैलाउने मूलकेन्द्र मानिन्छ । जसको माध्यमबाट पोखरामा २००६ सालमा पोखरा पब्लिक स्कुल स्थापना भयो भने २०१४ सालमा कन्या स्कुल र २०१७ भाद्र १७ गते पृथ्वीनारायण कलेजको विधिवत स्थापना गरियो । यसो हुनुको पछाडि यहाँ १९९६ सालमा स्थापित ब्रह्मचर्याश्रम गुरुकुल सहारा थियो, आधार थियो । यहाँ नित्य हवन, पूजापाठ, यज्ञ, यज्ञादि चल्दथ्यो । भक्तजनहरुको आवातजावत हुन्थ्यो । त्यतिबेला एउटा लामो घर, राधाकृष्ण पाटी एवं अन्य पौवाहरू निर्माण गरिएका थिए ।… पुरा पढौ