अहोरात्र गुरुकुलको विकासमा – ‘रामचन्द्र’

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८० मा प्रकाशित


रामचन्द्र पौडेल

रामचन्द्र पौडेल

रवीन्द्र माकाजू
पोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रम पोखराको शैक्षिक ज्योति फैलाउने मूलकेन्द्र मानिन्छ । जसको माध्यमबाट पोखरामा २००६ सालमा पोखरा पब्लिक स्कुल स्थापना भयो भने २०१४ सालमा कन्या स्कुल र २०१७ भाद्र १७ गते पृथ्वीनारायण कलेजको विधिवत स्थापना गरियो ।

यसो हुनुको पछाडि यहाँ १९९६ सालमा स्थापित ब्रह्मचर्याश्रम गुरुकुल सहारा थियो, आधार थियो । यहाँ नित्य हवन, पूजापाठ, यज्ञ, यज्ञादि चल्दथ्यो । भक्तजनहरुको आवातजावत हुन्थ्यो । त्यतिबेला एउटा लामो घर, राधाकृष्ण पाटी एवं अन्य पौवाहरू निर्माण गरिएका थिए । जहाँ ब्रह्मचारी बटुकहरु बस्दथे । अन्य पाटीपौवामा साधुसन्त तीर्थयात्रीहरु बस्दथे । बटुकहरु भिक्षाटन गर्न टाढाटाढा पुग्दथे । केही भक्तजनले गुरुकुल व्यवस्थित रूपमा चलोस् भनेर गुठी जग्गापनि राखिदिएका इतिहास भेट्न सकिन्छ । यसरी यस स्थलबाट स्कुल, कलेज जन्मिए । तर विसं २०२१ साल पौष २१ गते बालकृष्ण ब्रह्मचारी ब्रह्मलिन भएपछि गुरुकुल सञ्चालन हुन सकेन ।

गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेलका भनाइअनुसार लामो समयसम्म यस गुरुकुल संस्था निष्क्रृय भयो । ०४४ सालमा यसको ऐतिहासिक महत्व ओझेलमा परेको देखेर पोखराका केही बुद्धिजिवीहरु भेला भैं पं गंगाधर शास्त्रीको अध्यक्षतामा ब्रह्मचर्याश्रम समिति गठन गरी जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता ग¥यो । हाल सो समितिले महर्षि वेद विद्याश्रम सञ्चालन गरिरहेको छ । यसको नेतृत्व लिइरहेका रामचन्द्र पौडेल यसलाई व्यवस्थित गर्न निकै सक्रिय देखिन्छ । उनी यस पुण्यकार्यमा अहोरात्र जुटिरहेका छन् । विसं २०६९ सालबाट यहाँ गुरुकुल चलिरहेको छ । हाल ४० जना बटुकहरु १० कक्षासम्म अध्ययन गरिरहेका छन् ।

अध्यक्ष पौडेलका भनाइ अनुसार गुरुकुलमा कर्मकाण्ड वेद, उपनिषद अध्ययनका साथसाथै यहाँ अन्य नेपाली, अङ्गे्रजी र सामाजिक विषयमा समेत अध्ययन अध्यापन गराईन्छ । गुरुकुललाई युगानुकुल र समयसापेक्ष बनाउन समितिले पहल गरिरहेको छ । अझ खास गरी अध्ययन, अध्यापनको अलावा भौतिक संरचना विस्तार गर्ने कार्यमा विशेष ध्यान दिएका छौ ।
अध्यक्ष पौडेलका भनाई अनुसार गुरुकुलले जति विकास गर्नुपर्ने हो त्यति विकास गर्न नसक्नुका प्रमुख कारण हामीले भएको ऐतिहासिक पक्षलाई बुझाउन नसक्नु पनि हो ।

वि।सं। २०११ साल साउन ४ गते कास्कीका पाउँदुरमा जन्मिएका अध्यक्ष पौडेलले पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा एम।ए पास गरेका छन् । उनले क्षेत्रीय वन कार्यालयमा २९ वर्षसम्म एउटै टेबल, एउटै पद, एउटै कुर्चीमा सुब्बा भै जागिर खाए पनि । त्यसपछि उनी विभिन्न जिल्लामा पुगे । पछि ०६६ सालमा क्षेत्रीय प्रशासन कार्यालय पोखरा प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त भए ।

सनातन धर्म सेवा समिति लगायत थुप्रै सङ्घसंस्थामा आवद्ध अध्यक्ष पौडेल अहिले गुरुकुलको विकास निर्माणमा निकै सक्रिय छन् । कहाँ, कुन ठाउँमा कसलाई भनेर हुन्छ गुरुकुलको उन्नतिमा दिलोज्यान दिइरहेका छन् । निशुल्क पठनपाठन, भोजन, आवासको व्यवस्था गर्नु निश्चय पनि चुनौतीपूर्ण र कठिन विषय हो । गुरुकुललाई दाता डा। सुरेश काफ्लेले ३५ लाखको लागतमा शैक्षिक भवन निर्माण गरिदिएकोमा विशेष कृतज्ञता व्यक्त गर्दछन् । पौडेलको सपना छ– यहाँ पढेका बटुकहरु डाक्टर, इन्जिनियर, वैज्ञानिक र दार्शनिकका रूपमा पनि परिचित होऊन् ।

उनको समस्त पोखे्रलीहरुसँग एउटै आग्रह छ– पोखरामा शैक्षिक ज्योति जगाउने यस पवित्र स्थलमा सबैका पाइला परोस् १ यसको इतिहास हर हालतमा सुरक्षित रहिरहोस् । वास्तवमा यो स्थल पोखराको गौरव हो भन्दा कसैको दुई मत हुन सक्दैन ।



Tags: