
पोखरामा एकपछि अर्को महिला र बालिका हराए
पोखरा, २१ कात्तिक/ पोखरामा एक पछि अर्को महिला हराएको सूचना कास्की प्रहरीले सार्वजनीक गरेको छ ।
कास्की प्रहरीले युवती तथा महिला हराएको सूचना निकाल्न खोज्न सहयोग गर्न अनुरोध गरेको छ । पछिल्लो दुई दिनमा कास्की प्रहरीले ४ जना हराएका सुचना राखेको छ ।
पोखरा २१ कृष्ति कि १८ बर्षीय सिवानी गौतम हराएको चार दिन भयो । कात्तिक १८ गते देखी हराएकी उनको खोजी गर्न आफ्न्तले प्रहरीमा निबेदन दिएका छन् ।
कास्की प्रहरीले कात्तिक २० गते नै दुई जना महिला हराएको सूचना राखेको छ । पोखरा २५ हेम्जाकी ३० बर्षीया सम्झना कामी असोज २८ गते देखी हराएकी हुन् ।
त्यसै गरी पोखरा १० गौरी मार्ग बस्ने ४० बर्षीय गुमा हमाल पनि हराएका कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । बागलुङ जैमुनी नगरपालिका ७ घर भई पोखरा बस्दै आएकी उनी कात्तिक १५ गते देखी हराएकी हुन् ।
कास्की प्रहरीले कात्तिक २१ गते पोखरा २२ उल्लेरीकी ३५ बर्षीया करुणा काफ्ले लामिछाने हराएको भन्दै सूचना राखेको छ ।
असोज २४ गते हराएकी उनको खोजी गर्न आफ्न्तले प्रहरीमा निबेदन दिएका छन् । प्रहरीलाई एक पछि अको महिला हराएपछि खोज तलासमा लागेका जनाएको छ ।







