समाचार

पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो

पोखराको ड्यामसाईडमा टिप्पर सहित सडक भासियो
पोखरा, १६ असोज/ पोखराको १७ पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गर्ने क्रममा सडक भत्किएको हो । ओभरलोडका कारण सडक भासिएको स्थानियको दावी छ । भासिएको सडकमा फसेको टिप्परलाई ट्राफिकको सहयोगमा निकाल्नेको छ । पोखरा १७ तितेपानी हुँदै शान्ति स्तुप निस्किने सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निषेध गरिएको थियो । तर मंगलबार भवन निर्माणका लागि बालुवा… पुरा पढौ

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प, केही घर भत्किए, केही घाइते

भूकम्प
धनगढी, १६ असोज/ बझाङ केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पले केही घर भत्किएका छन् भने केही घाइते भएका छन् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका छन् । बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ । अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन् । विद्यार्थीको स्थानीय… पुरा पढौ

फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा
पोखरा, १६ असोज/ फेवाताल किनारका स्थानीयले सर्वोच्च आदालतले गरेको फैसला कार्यान्वयन गर्न नदिने बताएका छन् । सोमबार बिहान फेवाताल सम्बन्धी सर्वोच्चको फैसला पीडितहरुको भेलामा स्थानीयले यस्तो बताएका हुन् । भेलामा पूर्व जिल्ला विकास समितिका सभापति रमेशबहादुर भट्टराईले न्यायमुर्तिहरुले विवेक गुमाएर गरेको फैसला कार्यानवयन गर्न नदिने बताए । उनले विवेक गुमाएर गरिएको निर्णय हामी कार्यान्वयन गर्न बाध्य नभएको बताए । स्थानीय भिमसेन भुजेलले तालको विकासमा आफूहरु प्रतिवद्ध रहेपनि आफ्नो थाकथलोबाटै विस्थापित गराउन नपाइने बताए । आफूहरु गौरीघाटमा परापूर्वकाल देखि बस्दै आएको… पुरा पढौ

पोखरा उडेका दुई जहाज काठमाडौं फर्किए

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १५ असोज/ पोखराका लागि काठमाडौंबाट उडेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल जानकारी दिएको छ । पुरा पढौ

पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

दुर्घटना
पोखरा, १५ असोज/ पोखराबाट सुर्खेत जाँर्दै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

पोखरामा बजार अनुगमनः सुमित सप्लायर्सलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमनः मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना
पोखरा, १४ असोज/ पोखरामा बजार अनुगमन समितिले पोखरा १७ हिमाली टोलमा रहेको सुमित सप्लायर्सलाई ५० हजार जरिवाना गरेको छ । अनुगमनको बेला पसलमा म्याद गुज्रेका सामान राखी विक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको हो । सप्लायर्सले यस अघिको अनुगमन समितिले दिएको निर्देशन अटेरी गरेको, प्याकिङ गरी राखेको आलमोण्डको म्याद गुज्रिएको, लेबल नलगाएको, कुहिएको नरिवल विक्रीको लागि राखेको भन्दै म्याद गुज्रिएको १५ हजार ७ सय १३ रुपैया वरावरको सामान नष्ट गरेको छ । सप्लायर्सका सञ्चालक रमेश राठीलाई सम्पूर्ण कागजपत्र सहित ३… पुरा पढौ

पोखरामा एक सय तीन बर्षिय पोखरेललाई महानगरपिता सम्मान

पोखरामा एक सय तीन बर्षिय पोखरेललाई महानगरपिता सम्मान
लेखनाथ, १४ असोज/ पोखरा महानगरपालिकाकाले वडा नम्बर २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यासको मृत्य अहिले सम्मै कै बढि, पोखरा मुल्य कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ असोज/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । यो अहिले सम्म कै बढि मुल्य हो । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र… पुरा पढौ

बागलुङबाट पोखरा आउँदै गरेको जीप बगायो, ३ जना बेपत्ता

दुर्घटना
पोखरा, १३ असोज/ पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ५२१३ नम्बरको जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरीले जानकारी दिए । बाटो खुल्लाएर जीप खोजीका काम भईरहेको प्रहरीको भनाई छ । पुरा पढौ

पर्वतीय संग्रहालयमा हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु
पोखरा, ११ असोज/ पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ… पुरा पढौ