समाचार

गण्डकी प्रदेशमा खुल्यो १००२ जनालाई जागिर (कुन कुन पदमा समेत)

प्रदेश लोक सेवा आयोग
पोखरा, १६ कात्तिक/ गण्डकी प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागलाई ध्यान दिएर विज्ञापन खुलाएको हो । विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला तथा… पुरा पढौ

लेखनाथमा सहकारीको बजार प्रतिनिधिको नगद लुट्पाट

चोरी
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदी नहर चोकमा सिटिजन सहकारीको बजार प्रतिनिधिले चलाउदै गरेको स्कुटरबाट नगद लुटेका छन् । पल्सर मोटरसाइकलमा आएका दुई जनाले नगद सहितको झोला जर्वजस्ती लुटेर फरार भएका छन् । घाईते बजार प्रतिनिधिको उपचार तालचोक स्थित माछापुच्छ्रे पोलिक्लिनिक भइरहेको छ । घाईतेको स्कुटरमा रहेको सिटिजन सहकारी पोखरा नयाँबजारको केही पास बुक र चेक संगै स्कुटर प्रहरीले राखेको छ । पुरा पढौ

गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

टिकाराम ढंगाना
पोखरा, १५ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसको सुरक्षाका लागि खटिएका प्रहरी टिकाराम ढंगानाको मृत्यु भएको छ। अन्नपुर्ण बेसक्याम्पमा कात्तिक १२ गते गएका पर्वत मोदी घर भएका ४२ वर्षिय टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपुर्ण आधार शिविर गएका थिए। टोलीमा ११ जना सेना र ३ जना पुलिस गरी १४ जना गएका थिए । टोली मंगलबार गुटरेस फर्किएपछि हिडेर फर्कँदै थिए । राती हिमालयमा… पुरा पढौ

मूल्य घट्यो डिजेल र मट्टीतेलको, पोखरामा कति

पोखरा, १४ कात्तिक/ नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य मंगलबार रातिदेखि लागु उनले बताए । पोखरामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ… पुरा पढौ

डिजेल अपचलन आरोप लागेका कार्यालय प्रमुख दास धरौटीमा रिहा

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ कात्तिक/ नेपाल आयाल निगम गण्डकी प्रादेशिक डिपोको तेल अपचलन घटनाका मुख्य आरोपी चित्तरञ्जन दास धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले आइतबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीविरुद्ध साउन ३० गते पक्राउ पुर्जी जारी भएकोमा फरार उनी आइतबार थुनछेक बहसमा भाग लिन अदाल आएका थिए । बहसपछि न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनलाई ५ लाख धरौटीमा रिहाको आदेश दिएको हो । नेपाल आयाल निगम गण्डकी प्रादेशिक कार्यालय गगनगौडा, पोखराका तत्कालीन डिपो प्रमुख दासलगायतले… पुरा पढौ

प्रिन्सिपल रुपेशको हत्याः कारण प्रेम सम्बन्ध

रूपेश स्वर्णकार
जनकपुरधाम, १४ कात्तिक/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिका सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ । मदरसा टोलमै बसोबास गर्ने युवती रहेकी छन् । पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता रहेका छन् । युवती स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध… पुरा पढौ

हिमाल र हिमनदी जोगाउन प्रयोस गर्छु – गुटेरेस

हिमाल र हिमनदी जोगाउन प्रयोस गर्छु – गुटेरेस
पोखरा, १४ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनको असर कम गर्दै हिमाल र हिमनदी जोगाउनुपर्ने बताएका छन् । उनले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनु पर्ने बताए । पोखरा विमानस्थलमा मंगलबार पत्रकार सँग कुरा गर्दै जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई सहयोग गर्न आवश्यक रहेको बताए । अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि उनले जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका बताए । उनले समस्याहरुलाई अन्तर्राष्ट्रिय समुदायमा पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि… पुरा पढौ

राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा, फेवातालमा बोटिङ, महादेवको मूर्ति अवलोकन

राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा, फेवातालमा बोटिङ, महादेवको मूर्ति अवलोकन
पोखरा, १३ कात्तिक / संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आएका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत सोमबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गरे । गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहितको टोली विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परिसरमा पोखराका विभिन्न संघसंस्थाले बाजागाजा सहित स्वागत गरेका थिए । विमानस्थलबाट लेकसाईडस्थित फिस्टेल लजमा बसेका छन् । उनी सोमबार साझँ फेवातालमा डुंगा सयर गरे । तालमा रहेको मोटरबोट… पुरा पढौ

जिरो किमिमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन

जिरो किमिमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन
पोखरा, १३ कात्तिक/ पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको… पुरा पढौ

पोखरामा नगरबस दुर्घटना, ३५ घाइते (को को सहित)

पोखरामा नगरबस दुर्घटना, ११ जना घाइते ३ को अवस्था गम्भीर
पोखरा, १२ कात्तिक/ पोखरा २२ पुम्दीभुम्दी तर्फ जादै गरेको नगरबस दुर्घटना भएको छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ पुम्दीभुम्दी तर्फ जाँदै गरेको बस घैयाखेतमा दुर्घटना भएको हो । बसमा सवार ३५ जना घाइते भएको छन् । घाइते तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्रेक नलागि ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा यातायात प्रालिको बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म जादै थियो ।… पुरा पढौ