पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई

-


     क्लिक गण्डकी     
     कार्तिक २६ गते २०८० मा प्रकाशित


पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई

पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई

पोखरा, २६ कात्तिक/ पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो ।

च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिंखडाले गर्नुभएको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री सिंखडाले संचार माध्ययमले गरेका यस्ता कार्यक्रमले नेपालको मौलिक कला संस्कृतीको जगेर्ना गर्न ठुुलो भुुमिका खेल्ने हुुदा आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नूभयो ।

महोत्सवमा नेपाल मगरसंघ रामबजर इकाई समिति पोखरा, बाग्लुुङ घूूम्टे मगर समाज फुलबारी, पुन समाज पोखरा , क्षेत्री समाज जिल्ला कार्य समिति कास्की, लेखनाथ नेवा मिसा पुुच , सिद्धार्थ तमुु समाज सेति नहर मार्ग भद्रकाली र गन्दर्भ आमा समुुह बाटुुलेचौरको सहभागीता रहेको थियो । प्रत्येक समुुहले पाँच पाँच हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका थिए ।

पछिल्लो समय नेपाली मौलिक संस्कृती परम्परामा बिचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचाउन मुख्य भुमिका खेल्ने बरिष्ठ लोक दोहोरी गायक, प्रथम मौलिक देउसी भैलो महोत्सव २०८० का निर्णायक संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो ।

पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले तिहारको समयमा खेलिने देउसी भैलोको मौलिकपना बचाउदै भाबी पुस्तामा संस्कृती हस्तान्त्रण गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सबै प्रति आभार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली कवी पदम राज ढकाल र लोक दोहोरी गायिका शरला पाण्डेले निर्यायकको भुुमिका निभाउनुुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुति समेत रहेको थियो ।



Tags:

This will close in 10 seconds