
दुर्घटना
एजेन्सी, १९ कात्तिक/ डोटी र जुम्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । गएराती जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि हिमा गाउँपालिका–१ का चालक ४५ वर्षीय पदमबहादुर शाही र ४२ वर्षीय बली रोकायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा हिमा गाउपालिका–१ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते छन् । उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । भे १ ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १ सय ५० मिटर तल हिमा नदीको किनारामा खसेको थियो ।





