
सेती खोँचमा खसेका युवकको उद्धार
पोखरा, १९ कात्तिक/ सेती नदि खोँचमा खसेका युवकको २ घण्टाको प्रयासमा उद्धार गरिएको छ ।
पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार साझँ खसेका थिए ।
वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरी फलेपाटनबाट आएको टोलीले उद्धार गरेको छ । राति करिब ४० मिटर तल खसेका विकको डोरीको सायताले उद्धार गरेको हो ।
बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।https://www.facebook.com/100008227211419/videos/1093433538310892







