अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख पर्यटक

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०८० मा प्रकाशित


अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख बढि पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख बढि पर्यटक

सागर राज तिमिल्सिना
पोखरा, १७ कात्तिक/ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा ६ महिनमा १ लाख बढि पर्यटक आएका छन् । अघिल्लो वर्ष यहि अवधिमा ७५ हजार पर्यटक आएका थिए । यो वर्ष बैशाख देखी असोज महिना सम्ममा १ लाख १ हजार २५ जना पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा. रबिन कडरियाले जानकारी दिए ।

अघिल्लो वर्ष बैशाख देखी असोज सम्ममा ७५ हजार ७ सय २३ पर्यटक आएका थिए । अघिल्लो वर्ष भन्दा यस वर्ष ६ महिनामा नै २५ हजार ३ सय २ जना पर्यटक बढि आएको उनले बताए । पर्यटकको आउने रेसियो राम्रो रहेको उनले बताए । अघिल्लो वर्ष असोजमा २१ हजार ७ सय ८१ पर्यटक आएका थिए भने यस वर्ष असोजमा २८ हजार ७ सय ५ जना पर्यटक आएको बताए ।
उनले कात्तिकमा पछि असोज कै रेसियोमा पर्यटक आएको उनको भनाई छ । अघिल्लो वर्ष १ लाख ५५ हजार ५२ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । कोरोना अगाडी आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८३ हजार ३ सय ५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक यस वर्ष आउने अनुमान गरिएको छ । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भएको थियो । यो वर्ष कोरोना अगाडी वर्षहरुमा भन्दा बढि पर्यटक आउने अनुमान रहेको प्रमुख डा कडरियाले बताए । उनले ६ महिनामा मै १ लाख भन्दा बढि पर्यटक आएका कारणले अबको ६ महिनामा पनि सोही अनुपातमा पर्यटक आउने बताए ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर देखि शुरु भएर मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत अन्नपूर्ण पदमार्ग, अन्नपूर्ण बेसक्याम्प लगाएतका क्षेत्र पर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीका हिमाली क्षेत्र पर्दछ ।

यस पदमार्गमा भारत, जापान, अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका देशबाट पर्यटक बढी आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विदेशी पर्यटकहरुका मात्रै तथ्याङक राख्ने गरेको छ । नेपाली पर्यटकहरु विदेशी भन्दा बढि मात्रामा त्यस क्षेत्रमा ट्रेकिङ जाने गर्दछन् ।