भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

-

     क्लिक गण्डकी     
     कार्तिक १८ गते २०८० मा प्रकाशित

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु, सयौँ घाइते

सुर्खेत, १८ कात्तिक/ जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ ।

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको उनले बताए ।

घाइतेहरूको जिल्ला अस्पताल खलङ्गा र सुर्खेतमा उपचार भईरहेको छ । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् ।

यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

Tags: