पोखरामा कृषि एम्बुलेनसः किसानलाई दाम, पोख्ररेलीलाई तरकारी सँग माम्
पोखरा, ८ असोज/ पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज संकलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि साम्रगीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स पनि सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकार बजार पुगेपछि उपभोक्ताले ताजा तरकारी खान पाएका छन् ।
देशका अधिकांश किसानहरु उत्पादित तरकारी र फलफुल सामग्रीले बजार नपाउदा सडकमा फोलेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल मंहगोमा किन्न बाध्यता छ । किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर गएको छ भने उपभोक्ताहरु नेपालबाहिरबाट आएका विषादीयुक्त तरकारी र फलफूल खान बाध्य छन् ।
पोखरा महानगरपालिकाले भने कृषि एम्बुलेनस सञ्चालनमा ल्याएर किसान र उपभोक्तालाई सीधै जोडिदिए पछि किसानको आम्दानी बढेको छ । पहिलो दुई चार मुठा सँग पनि बाकेर पोखरा जानु पर्ने थियो पोखरा २८ माझठानका टिकाराम लामिछाने भने अहिले गाडी घर सम्म तरकारी लिन आउछ । उनले तरकारी लिन कृषि एम्बुलेन्स घर सम्मै आउदा तरकारी विक्री हुदाँ कृषका लागि आम्दानी भएको बताए ।
पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि संकलन केन्द्र बनाएको छ भने शहरमा विक्रि केन्द्र खोलेको छ । गाउँका कृषि संकलन केन्द्रमा संकलन भएका तरकारी शहरका भएका विक्रि केन्द्र सम्म कृषि एम्बुलेनसले ल्याएर विक्रि गर्ने गरेको कृषि एम्बुलेनस सञ्चालक विकास ठकुरीले बताए ।
कृषि एम्बुलेन्सले बार अनुसार पोखराका कृषि उपजमा तरकारी पु¥याउन गर्दछ । बजारमा बार अनुसार तरकारी आएको थाहा पाउन साथ उपभोक्ताहरु तरकारी किन्न आउछन् । पोखराको विरौटा, सिर्जनाचोक, लेकसाइड, ड्यामसाइड लगायत क्षेत्रमा महानगरले नै विक्रि कक्ष तोकिदिएको छ । सोही ठाउँमा एम्बुलेन्सले तरकारी झारिदिन्छ । उपभोक्ताहरुले मन परेका तरकारी र फलफूल किन्छन् । गाउँबाट झरेको तरकारी बढी स्वादिलो हुने गरेको पोखरा १७ कि पार्वती गुरुङले बताइन् ।
महानगरले पहिलो चरणमा ट्रायलको रुपमा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उत्पादन बढ्दै गए अझै एम्बुलेन्स थप्न सकिने योजना महानगरको रहेको छ । उत्पादन बढाउनकै लागि उत्पादनका आधारमा अनुदान दिने व्यवस्था महानगरले चलाएको छ । पोखराले यहाँका किसानले उत्पादन गरेका ३५ वटा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ । उनीहरुको तरकारी र फलफूल बजारमा विक्रि नभए महानगरले तोकिएको मूल्य किसानलाई दिने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
महानगरमा संकलन केन्द्र र विक्रि केन्द्र बढाउदै जाने, आवश्यकता अनुसार कृषि एम्बुलेनस थप्ने लगाएतका योजना रहेको उनले बताए । कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कास्कीले पनि सघाइ रहको छ । आगामी दिनमा ग्रेडिङ गरेर पोखराको उत्पादनलाई छुट्टै ब्राण्डिङ गरिने योजना रहेको उनको भनाई छ । बैशाखदेखि पोखरा महानगरपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँगाउँबाट तरकारी तथा फलफुल संकलन गर्दै आएको छ ।