स्कुटर दुर्घटना हुदाँ श्रीमतीको मृत्यु, श्रीमान घाइते

-


     क्लिक गण्डकी     
     कार्तिक ९ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

हेटौंडा, ९ कात्तिक/ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।



Tags: